शहरी सचिवलाई मुक्काएकै हुन त मन्त्रीका स्वकीयले ?
शहरी विकास मन्त्रालयका सचिव इ रमेश सिंहलाई मन्त्रीका प्रमुख स्वकीय भूमण्डप केसीले मुक्काएको खबरले अहिले सिंहदरबार तातेको छ । तर,सचिवलाई मुक्का प्रहार गरेको भनेर भनि चर्चा गरिएका भुमण्डपले भने उनीसँग विवादमात्र भएको हानाहान नभएको प्रतिक्रिया दिएका छन् ।
Advertisement 1
शहरी विकासका हरेक ठेक्कापट्टामा जोडिँदै र विवादमा मुछिदैं आएका सचिव रमेश सिंहले मनलाग्दी ढंगले कर्मचारी सरुवा गर्ने,भेट्न आएका व्यक्तिहरुसँग भेट गर्न नमान्ने,ठेक्का पट्टामा समेत मनोमानी गर्ने गरेको गुनासो चुलिएपछि मन्त्रीका स्वकीय भू–माण्डप केसीले सहजीकरण गर्न खोजेका थिए तर उनले मन्त्रीसँग बाहेक अरुसँग कुराकानी गर्दिन भन्दै बटारिए पछि सचिव र स्वकीयबीच चर्काचर्की परेको हो ।
घटना गत शुक्रवारको हो । अपरान्ह तीनबजेबाट शुरु भएको विवाद लम्बिएर झण्डै दश मिनेटसम्म चलेको शहरी विकास मन्त्रालय स्रोतले जनाएको छ । सचिव सिंहले मन्त्रीका स्वकीयसँग कुराकानी नै गर्दिन भने पछि विवाद लम्बदै गएको शहरी मन्त्रालयका कर्मचारी स्रोतले जनाएको छ ।
भूमाण्डपले उसो भए मन्त्रीको सचिवालयको के अर्थ ? भन्दै प्रश्न गरे पनि सचिव निरुत्तर भएका थिए । लचिला र सोझा मन्त्री मेटमणि चौधरीलाई बाइपास गर्दै कर्मचारी सरुवादेखि ठेक्कापट्टासमेत आफ्नै कम्पनी र कन्सलटेन्सीहरुलाई दिँदै आएको मन्त्रीका सचिवलायको आरोप छ ।
Advertisement 2
मन्त्रालयका कर्मचारीहरुले भनेर अफवाह फैलाइएको जनाएका छन् । शहरीका कर्मचारीहरुले सचिव सिंह र स्वकीयबीच विवाद भने भएको जनाएका छन् ।
इकर्मचारी डटकमले सचिव सिंहसँग प्रतिक्रिया लिन पटक पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
Advertisement 3
सहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले त इन्जिनियर हुँदादेखि सचिव हुँदासम्म सहरी विकास विभागका सबै परामर्श कामको ठेक्का मिलेमतोमा आफ्नै कन्सलटेन्सीको नाममा लिने गरेकार उनका पाँच वटा कन्सलटेन्सी रहेको स्रोतको भनाई छ । इन्जिनियर हुँदा आफ्नो परिवारका नाममा खोलेका कम्पनीहरु अहिले पनि विभिन्न व्यक्तिका नाममा राखेर उनले वार्षिक २० औं करोडका ठेक्का लिने गरेका आरोप सचिव माथि छ । आगामी तीन महिनापछि नै उमेर हद लागेर घर फर्कन लागेका सचिव सिंहले यस अघि मन्त्री मोम्हदम इश्तियाक राईलाई समेत प्रभावमा पारेर ठेक्काका गोप्य डकुमेन्ट समेत हेर्ने र आफ्नो कम्पनीलाई मात्र मूल्यांकनमा पार्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ ।
यस्का अलवा रामकुमारी झाक्री मन्त्री हुँदा समेत रमेश सिंहले उस्तै चलखेल गरेको खबर इकर्मचारी डटकमले सार्वजनिक गरेको थियो । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विश्व बैंकको सहयोग रहेको एनयुजीआइपी–युडीएसटी आयोजनाको परामर्शदाता छनोटमा त्यतिखेर सचिवले चलखेल भएको हो । कुनै पनि परीक्षामा पहिल्यै प्रश्नपत्र बाहिर आएपछि त्यो परीक्षा रद्द हुन्छ । तर, एनयुजिआइपी–युडिएसटीको मूल्यांकनको गोप्य मापदण्ड पहिले नै इआरएमसी–उदय कन्सलटेन्सीलाई दिएको रहस्य खुलिसक्दा पनि टेण्डर रद्द नगरी सट्याकसुटुक दिइइएको थियो ।
आयोजना प्रमुख रवीन्द्र बोहोराले गोप्य रहनुपर्ने प्राविधिक मूल्यांकन प्रस्ताव नै सेटिङ भएको कन्सलटेन्सीलाई दिएको र ऊ नै परामर्शदाता छनोट भएको आरोप छ । यस्तो देखादेखी कारोबारबाट शहरी विकासको ८२ करोड रुपैयाँ तलमाथि भएको खबर त्यो समयमा इकर्मचारीले सार्वजनिक गरेको थियो ।
पिएमएसटी र युडिएसटी दुवै आयोजनाको परामर्शदाता छानिनुअघि नै २० करोड रकम लिइसकेको काम नपाउने प्रतिस्पर्धीको गुनासो पोखेका थिए ।
यस्का अलवा यस अघि राजश्व छलीजस्तो गम्भीर अपराधमा मुछिएको कम्पनीलाई शहरी विकासमन्त्री रामकुमारी झाँक्री, सचिव रमेश सिंह र सहसचिव रवीन्द्र बोहोराको अनुकम्पामा झण्डै १० करोड बराबरको ठेक्का दिइएको छ । आर्थिक वर्ष समाप्त हुनु केही साताअघि मात्र रातारात टेण्डर खोलेर सो बदनाम कम्पनीलाई पक्षपोषण गर्ने काम भएको थियो । सचिव सिंह अहिले पनि पूरानै तरिकाले चल्ने गरेका कारण विवाद भएको मन्त्रीको सचिवालयले जनाएको छ ।
आफूखुसी मनलाग्दी ढंगले मन्त्रालय चलाउन खोज्ने सचिवको रवैयाका कारण पीडित भएका कर्मचारीदेखि सेवाग्राहीसम्म मन्त्रीको प्रमुख स्वकीय भूमाण्डप केसीको कदमको प्रंशसा गरेको मन्त्रालयका केही कर्मचारीहरु सुनाउँछन् ।