कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरु आन्दोलित

बर्दियाको गेरुवा गाउँपालिकाका वडा नम्बर ५ का सदस्य वीरेन्द्रबहादुर शाहले कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएपछि कर्मचारीहरु आन्दोलित छन् । वडा सदस्य शाहले कार्यालयमा तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन् । कर्मचारीहरुलाई वडा सदस्य शाहलाई हदैसम्मको कारबाहीको माग गरेका छन् ।

Advertisement 1

विज्ञप्तिमा भनिएको छ ‘असार २४ गते राति १२ बजेबाट आर्थिक वर्ष २०७९/८० को सबै भुक्तानी प्रक्रिया बन्द हुने भएकाले सेवाग्राहीको सहजताका लागि कार्यालयका कर्मचारीहरुले आ-आफ्नो शाखामा काम गरिरहेका थिए । त्यही बेला असार २४ गते राति करिब ११:०१ बजेको समयमा मादक पदार्थ सेवन गरी आएका शाहले आर्थिक प्रशासन शाखामा प्रवेश गरी अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको कर्मचारीहरुको भनाइ छ । शाहले शाखाको काउन्टरमा रहेको सिसासमेत फुटाएको विज्ञप्तिमा उल्लेख छ । ‘आफ्नो स्वार्थ पूरा नहुँदा ज्यान मार्नेसम्मको मनस्थितिका साथ उत्रिनु आफैंमा खेद प्रकट गर्ने विषय यो,’ विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित :२०८० असार २५, सोमबार ०८:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry