मन्त्रालयले हेरफेर गर्‍यो ७९ इन्जिनियरको जिम्मेवारी ( सुचि सहित)

काठमाडौ । पूर्वाधार विकास मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूहअन्तर्गत हाइवे उपसमूहका ७९ जना उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले सडक पूर्वाधारसँग सम्बन्धित प्राविधिक जनशक्तिको व्यवस्थापन गर्दै उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारीलाई नयाँ कार्यस्थलमा खटाएको हो।

Advertisement 1

मन्त्रालयको कात्तिक १७ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिवस्तर) र तृतीय श्रेणी (शाखा अधिकृतस्तर) का कर्मचारीको सरुवा, कामकाज तथा काज फिर्ता गरिएको छ।

मन्त्रालयले सरुवाको निर्णय गर्नुअघि विभिन्न पक्षलाई आधार बनाएको जनाएको छ। मन्त्रालयबाट स्वीकृत सरुवा मापदण्ड, कर्मचारीबाट प्राप्त सरुवा निवेदन, कार्यसम्पादनको अवस्था तथा विभिन्न माध्यमबाट प्राप्त गुनासोलाई विश्लेषण गरेर लामो गृहकार्यपछि जिम्मेवारी हेरफेर गरिएको हो।

Advertisement 2

हेर्नुहोस्

प्रकाशित :२०८३ कार्तिक १८ गते, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]