गरिब दुखीको आँशु पुच्छन सदैव कटिवद्ध एक मनकारी युवा अर्थात दिपेश श्रेष्ठ


कोरोना संक्रमितको संख्या बढेसँगै सरकारले निषेधाज्ञा जारी गरेको छ । यस्तो अबस्थामा कोही तपाईका आफन्त विरामी पर्नुभएको पो छ कि ? कोही आफन्तलाई अस्पताल पुर्याउनका लागि सवारी साधन नपाएर समस्यामा पो पर्नुभयो कि ? वा अस्पतालको बेडमा रगत नपाएर छटपटिरहनुभएको छ ? वा यो समयमा खानाकै समस्या पो पर्यो कि झेलिरहनुभएको छ कि ?
यी यावत समस्यामा पर्नुभएको छ भने निर्धक्क सम्झनु भए हुन्छ एक मनकारी युवालाई ।
भक्तपुरका समाजसेवी दिपेश श्रेष्ठ यस्ता मनकारी व्यक्ति हुन्, अरुलाई चोट लाग्दा उनलाई पनि दुख्छ । असैह्य पीडाबोध हुन्छ ।

Advertisement 1

समाजमा यस्ता पनि पात्र छन् जो मै खाउँ मै लाऊ भाव भएका । तर दिपेश श्रेष्ठ जन्मेकै अरुका सेवा गर्न । परोपकार मिदं शरिरम् । यस्तै लाग्छ उनको बिगत कोट्याँउदा । उनले रगत नपाएर जीवन मृत्युको संघारमा अस्पलालको शैंयामा छट्पटाइरहेका धेरैलाई पुर्नजीवन दिएका छन् ।

भनिन्छ संसारकै सबैभन्दा ठूलो दान अर्थात महादान भनेकै रक्तदान हो । तिनै व्यक्ति दिपेशले कोरानाको सन्त्रास र लकडाउनको अवस्थामा समेत आफ्नो ज्यानको प्रवाह नगरी सामाजिक कर्ममा खटिएइका छन् । दिन हिनको सेवामा अहोरात्र जुटेका छन् ।

Advertisement 2

र यो निषेधाज्ञाको समयमा समेत उनले घर घरमै पुगेर रगत संकलन गर्ने अभियान नै चलाएका छन् ।
सरकारले चैत्र १० गतेदेखि झण्डै १ सय २० दिन लामो लक डाउन गर्यो । लकडाउनका हुने खाने बर्ग नै समस्यामा परे,हुँदा खाने त झनै मर्कामा परेको समय थियो त्यो । उनै मनकारी दिपेशले विपन्न र मन्दिरमा बसेर त्यहाँ मागेर जीवन यापन गरिरहेका गरिव गुरुवाहरुलाई राहत वितरण गरे । उनले यो अवधिमा खाद्यान्न विशेष गरी चामल, दाल, नुन, तेल , मसला लगायतका खाद्य सामाग्री सयौं भन्दा बढीलाई वितवरण गरेका थिए त्यो समयमा । सोही समयमा केयर बालगृहमा रहेका १५ वालवालिकाहरुले खान नपाएको खबर उनको कानमा ठोकिए लगतै उनी त्यहाँ पुगे र त्यहाँ पनि चामल, नुन, तेल, गेडागुडी लगायतका खाद्यान्न सामाग्री सहयोग गर्नभ्याए ।
अहिले फेरि सरकारले निषेधाज्ञा जारी गरेको छ । यो बिषम परिस्थितीमा कोही व्यक्ति खाद्यान्न र राहतको अभावमा गुज्रिरहेको भए निर्धक्कसँग आफूलाई खबर गर्न उनले आग्रह गरेका छन् ।मात्र सम्झनुहोस,यो विषम् परिस्थितीमा तपाईहरु कसैलाई पनि भोकै बस्नुपर्दैन् । उनले व्यक्तिगत तवरबाटै सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।


विगतमा अस्पतालको शैय्यामा रगत नपाई मृत्युको मुखैमा पुगेका थुप्रैको ज्यान बचाएका छन्, दिपेशले । यो संकटको घडीमा विरामी भएर घरमा छटपटिरहेको अवस्थामा कोही समस्यामा परेको भए आफूलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।
कुनै स्वार्थका लागि नभई विशुद्ध समाजसेवामा होमिएका दिपेशले यो बीचमा ५० औ पटकसम्म रक्तदान गरिसकेका छन् भने रगतको अभावमा अस्पतालको शैयामा छट्पटाइरहेका रहेका सयौंलाई रगतको जोहो गरी पुर्नजीवन दिएका छन् ।

प्रकाशित :२०७७ भाद्र ५, शुक्रबार ०८:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry