एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

काठमाडौं। जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) २०२६ अन्तर्गत तेक्वान्दो खेलमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन्।

Advertisement 1

जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा आज भएको खेलमा नेपालकी स्वस्तिका तामाङ र युवराज राना पहिलो चरणबाटै बाहिरिएका हुन्। चौबीस वर्षीय स्वस्तिका तेक्वान्दोको एकल पुम्सेतर्फको खेलमा पहिलो चरणबाटै बाहिरिइन्। उनले मात्र ६.५७ अङ्क जोडिन्। उनको समूहमा कुल आठ खेलाडी सहभागी थिए। उनी अन्तिम स्थानमा रहिन्।

त्यसैगरी आजै भएको पुरुष एकल पुम्सेतर्फकै खेलमा नेपालका अर्का प्रतिद्वन्द्वी युवराज राना पनि पुछारमै रहे। चौबीस वर्षीय युवराजले प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै आउट भएका हुन्।

Advertisement 2

यस विधामा कुल १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। तीमध्ये उनको समूहमा आठ खेलाडी थिए। युवराज ७.०२ अङ्कका साथ आठौँ स्थानमा रहे। अब तेक्वान्दोको अन्तिम प्रतिस्पर्धामा अभिषेक बरालले पुरुष क्योरुगी ८० केजीमुनी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित :२०८३ आश्विन १५, बिहीबार १५:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम