गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा १ हजार ५०० धावक दौडिने

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ। आगामी मंसिर ५ गते शनिबार काठमाडौंमा हुने प्रतियोगितामा करिब एक हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।

Advertisement 1

‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुन लागेको प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधामा प्रतिस्पर्धा हुनेछ। खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ दुवै समूहका लागि पाँच किलोमिटर दौड सञ्चालन गरिनेछ।

स्वस्थ जीवनशैलीको प्रवद्र्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि र धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले २०८१ सालदेखि यो प्रतियोगिता सुरु गरेको हो।

Advertisement 2

खुलातर्फ ५० हजार, कर्पोरेटमा ३० हजार पुरस्कार

प्रतियोगितामा खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेताले समान पुरस्कार पाउनेछन्। प्रथम हुनेलाई ५० हजार, दोस्रोलाई ३५ हजार, तेस्रोलाई २० हजार, चौथोलाई १५ हजार र पाँचौँ स्थान हासिल गर्नेलाई १० हजार रुपैयाँ प्रदान गरिनेछ।

Advertisement 3

त्यस्तै, कर्पोरेट विधामा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार र पाँचौँ हुनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइनेछ।

दौड पूरा गर्ने सबै सहभागीलाई प्रमाणपत्र र मेडल उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ।

कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर तथा पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन्।

बालुवाटारबाट सुरु हुनेछ दुवै दूरीको दौड

खुलातर्फको १० किलोमिटर दौड बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु हुनेछ। त्यहाँबाट बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालय परिसर पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमै आएर दौड समापन हुनेछ।

कर्पोरेटतर्फको पाँच किलोमिटर दौड भने बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुगेर पुनः बालुवाटारमै फर्किनेछ।

प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन बैंकले एनआरएस स्पोट्र्स फाउन्डेसनसँग सहकार्य गरेको छ।

मंसिर २ गतेसम्म दर्ता गर्न सकिने

प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म अनलाइनमार्फत नाम दर्ता गराउन सक्नेछन्। दर्ता शुल्क एक सय रुपैयाँ तोकिएको छ।

बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा योगदान पु¥याउने उद्देश्यसहित प्रतियोगितामा सहभागिताका लागि धावकहरूलाई आह्वान गरेको छ।

प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित :२०८३ कार्तिक २१ गते, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]