एम. अधिकारीजस्तै छद्म नाममा पार्टीको विभागीय कमिटिमा अरु को- को छन् राष्ट्रसेवक ?

छद्म नाम राखेर पार्टीका विभागीय कमिटिमा बस्ने र सरकारी नियुक्ति खाने व्यक्तिहरुको बारेमा एक पछि अर्काेको पोल खुल्दै छ ।
हालैमात्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एम अधिकारीको नाममा एमालेको आर्थिक तथा योजना विभागको सदस्य रहेको प्रकरण पेचिलो बनिरहेको समयमा विभिन्न राजननीतिक दलमा त्यस्तो छद्म भेषमा पार्टीको विभागीय कमिटिमा पनि रहेको र सरकारी नियुक्ति खाइरहेको भेटिएको छ ।

Advertisement 1

एमालेका एम अधिकारी (महाप्रसाद अधिकारी)ले छद्म नाममा पार्टीको विभागीय कमिटिमा बसेकै शैलीमा अहिले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङदेखि नेपाल विद्युत प्राधिकरणकै अर्का कर्मचारी किरण श्रेष्ठसमेत माओवादी पार्टीको विभागीय कमिटिमा रहेको भेटिएको छ ।
कुलमान घिसिङलाई त माओवादीले स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारको सामग्री नै बनाएको थियो । पछि निर्वाचन आयोगको एक्सन पछि माओवादीले निर्वाचन प्रचार प्रसार सामाग्रीबाट कुलमानको तस्विर हटाएको थियो । यसरी छद्म भेषमा धेरै राष्ट्रसेवकहरु विभिन्न पार्टीका विभागीय कमिटिमा रहेको भेटिएको छ । माओवादी पार्टीभित्रकै स्वास्थ्य र उर्जाको विभागीय कमिटिभित्र मात्र एक दर्जन राष्ट्रसेवक छद्म भेषमा रहेको विवरण खोज्ने हो भने भेटिन्छ । माओवादीको स्वास्थ्य विभागमा ९ जना सरकारी अधिकारीहरु रहेका छन् । सो विभागको दोश्रो. नम्बरको सदस्य छन्,कमल रानाभाट । उनीझैं ११ नम्बरका डा कृष्णसागर शर्मा, त्यसपछिका डा गुरु खनाल र क्रम संख्या १४ मा डा नीरेश थापा छन् । शर्मा क्यान्सर अस्पताल भरतपुरका चिकित्सक हुन् भने थापा कर्णाली स्वास्थ्य प्रतिष्ठानका उपनिर्देशक हुन् ।
यस्तै १९ र २० नम्बरका दुई जना डाक्टरको नाम पनि एमालेका एम अधिकारीजस्तै जिएन शर्मा र जिआर लोहनी, काठमाडौं हुन् । भक्तपुर क्यान्सर अस्पतालकी वरिष्ठ नर्स तथा मेट्रोन दयालक्ष्मी जोशी २६ नम्बरमा, टेकु अस्पतालको इमर्जेन्सीका इञ्चार्ज लीलानाथ भण्डारी ३१ र वीर अस्पतालको नर्सिङ अस्पतालमा रहेकी नर्सिङ प्रशिक्षक शुक्ला खनाल पनि माओवादी स्वास्थ्य तथा जनसंख्या विभागको ३४ नम्बरमा रहेको उनीहरूको दावी छ ।

यस्तै माओवादीनिकट जलस्रोत,सिन्चाई तथा ऊर्जा विभागका सदस्यमध्ये पाँच जना सरकारी जिम्मेवारीमा रहेको भेटिएको छ । विभागको क्रम संख्या ६ मा रहेका किरण श्रेष्ठ नेपाल विद्युत प्राधिकरणअन्तर्गत तनहुँ हाइड्रोका प्रमुख कार्यकारी अधिकृतका रुपमा बहाल छन् ।
यस्तै नम्बर ७ मा रहेका खगेन्द्र शाही नेपाल विद्युत प्राधिकरणका इञ्जिनियर हुन् भने १० नम्बरका राजेन्द्रबहादुर क्षेत्री प्राधिकरण सञ्चालक समिति सदस्य हुन् । त्यसपछि १३ नम्बरमा उल्लेख गरिएका छवि पोखरेल लुम्बिनी सरकारको ग्रामीण विकास प्रमुख र १७ नम्बरका कृपा सिङ नेपाल विद्युत प्राधिकरणका एमडी छन् । कृपा सिंह कुलमान घिसिङको छद्म भएको बताइन्छ । उनलाई विज्ञ भनेर लेखिएको हो ।

Advertisement 2

 

प्रकाशित :२०७९ असार ३१, शुक्रबार १५:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry