चन्द्रमान श्रेष्ठ सचिवमा बढूवा

अकुत आर्जनमा डामिएर सफाई पाएका सह सचिव चन्द्रमान श्रेष्ठ सचिवमा बढुवा भएका छन् । शुक्रवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गरेको हो ।
मन्त्रिपरिषद्को बैठक प्रारम्भ हुनु केही अघि मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सचिव बढुवाको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
निजामती सेवा ऐन २०४९ को दफा १९ अनुसार सचिव बढूवा गर्दा लगातार चार पटक ८० प्रतिशत र पाँचौँ पटक २० प्रतिशत पदमा बढुवा सिफारिस गर्ने व्यवस्था रहेको छ ।

Advertisement 1

जसमा रिक्त पदमध्ये ८० प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने सम्बन्धित सेवाका सम्भाव्य उम्मेदवारहरू मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको तेब्बर सङ्ख्यामा बढुवा समितिले सिफारिस गरेका छ ।
सोही बीस प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अंक प्राप्त गरेका र सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्ने व्यवस्था छ सोही व्यवस्था अनुसार उनी सचिवमा बढुवा भएका हुन् ।

प्रकाशित :२०७७ भाद्र २०, शनिबार १३:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry