तलबी प्रतिवेदन नै तयार नगरी १६९ पालिकाले खुवाए तलब,कारवाहीका लागि मन्त्रालयमा पत्राचार

शिक्षा नियमावलीको धज्जी उडाउँदै देशभरका १६९ वटा स्थानीय तहले त्यहाँ कार्यरत शिक्षकहरुलाई तलब भुत्तानी दिइएको भेटिएको छ । शिक्षकहरुलाई तलब भुक्तानी दिने क्रममा तलबी प्रतिवेदन समेत तयार पारेको नभेटिएपछि त्यस्ता स्थानीय तहलाई प्रचलित ऐन वा कानुन अनुसार कारवाही गर्ने शिक्षक किताबखानाले नियामक निकायहरुलाई पत्राचार गरेको हो ।

Advertisement 1

तलबी प्रतिवेदन तयार नपारी शिक्षकहरुलाई तलब खुवाउने १६९ स्थानीय तहलाई कारवाही गर्नका लागि किताबखानाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रिय किताबखानाको कामु (उप–महानिर्देशक) रामराज खकुरेलले बिहिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै,त्यस्ता पालिकाहरूको नाम नामावली समेत मन्त्रालयलाई पठाएर उसले ती पालिकाहरूलाई प्रचलित कानुन बमोजिम आवश्यक कारबाहीका लागि मन्त्रालयलाई लेखी पठाइएको हो र सोको जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र र महालेखापरीक्षकको कार्यालयलाई समेत गराइएको छ ।

शिक्षा नियमावली २०५९ (संशोधन सहित) को नियम १२६ उपनियम २ मा किताबखानाको काम कर्तव्य र अधिकार अन्तर्गत शिक्षकहरूको वार्षिक तलबी विवरण पारित गर्ने गराउने व्यवस्था छ । उक्त नियमअनुसार प्रत्येक पालिकाले सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिक्षकको तलबी प्रतिवेदन राष्ट्रिय किताबखाना (शिक्षक) बाट पारित गरी तलब भत्ता भुक्तानी गर्ने हुन्छ । तर, ती पालिकाहरूले प्रतिवेदन नै तयार नपारी तलब भत्ता खुवाएको भन्दै उनीहरूलाई कारबाही गर्न माग गरेको छ ।

Advertisement 2

प्रकाशित :२०८० श्रावण १९, शुक्रबार ०६:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry