४९ सहसचिवको सरुवा १७ जनालाई प्रदेश खटाइँदा,५ जना सिंहदरबार तानिए

सरकारले एकै पटक ४९ जना सहसचिवको सरुवा गरेको छ । हालै सहसचिवका बढुवा भएर अतिरिक्त समूहमा राखिएका १८ जनासहित अरु ३१ जना सहसचिवको एकै साथ सरुवा गरिएको हो ।
सरुवा भएकामध्ये प्रशासन सेवाका ४० जना,इञ्जिनियरिङ सेवार्फका ५ जना,वन सेवाका ३ जना,शिक्षा सेवाको १ जना स्ररुवा भएका छन् । जसमध्ये १७ जना सहसचिवलाई प्रदेशस्थित कार्यालयतिर पठाइएको छ । प्रदेशस्थित कार्यालयहरुमा कार्यरत ५ जना सहसचिवलाई सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा तानिएको छ ।

Advertisement 1

तल पठाइएकाहरुमा जसमध्ये भूपेन्द्र थापा कर्णाली प्रदेश,लोकसेवा आयोगमा पुगेका छन् । त्यस्तै नरेन्द्र राना मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,लुम्बिनी प्रदेशमा पुगेका छन् । रामकृष्ण अधिकारी,प्रदेश लोकसेवा आयोग बाग्मती प्रदेशमा पुगेका छन् ।
हालैमात्र सहसचिबमा बढुवा भएका विरेन्द्रदेव भारती बुटवल उपमहानगरपालिकामा खटाइएका छन् । यस्तै निश्चलराज पाण्डे विरगञ्ज महानगरपालिकामा खटाइएका छन् । लक्ष्मीप्रसाद पौडेल धरान उपमहानगरपालिकामा पुगेका छन । यस्तै प्रद्युम्नप्रसाद उपाध्याय जनकपुर उपमहानगरपालिकामा पुगेका छन् ।
यस्तै माधव पोखरेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर १,तीर्थराज चिलुवाल कलैया उपमहानगरपालिमा,मेघ मग्रांती प्रदेश प्रमुखको कार्यालय प्रदेश नम्बर २ मा खटाइएका छन् ।
ध्रव गौडा गण्डकी प्रदेशमा खटाइएका छन् भने वन सेवाको विन्दुकुमारी मिश्र २ नम्बर प्रदेशमा खटाइएको छ ।
उद्योग मन्त्रालयका सहसचिव बलराम रिज्याल पोखरा महानगरपालिकामा पठाइएको छ । यस्तै दिपकराज नेपाललाई लुम्बिनी प्रदेश,तुलसीराम भट्टराईलाई सूदुरपश्चिम प्रदेश,हालैमात्र विवादमा परेर गृहमा तानिएका रामकुमार महतोलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय दुई नम्बर प्रदेशतिरै खटाइएको छ ।
यज्ञनाथ दाहाललाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय वाग्मति प्रदेशमा पठाइएको छ ।
अत्तिरिक्त समूहका बाहेक महिला बालबालिका मन्त्रालयमा रहेका रघुराम बिष्टलाई महिला बालबालिका मन्त्रालयबाट सामान्यमा तानेर अत्तिरिक्तमै राखिएको छ । प्रकाश दाहाल उद्योग मन्त्रालयबाट राष्ट्रिय योजना आयोगमा पुगेका छन् । होम लुइटेललाई दलित आयोगबाट संष्कृति पर्यटन मन्त्रालयमा लगिएको छ । लक्ष्मी बस्नेतलाई पर्यटन मन्त्रालयबाट महिला बालबालिका मन्त्रालयतिर पुर्याइएको छ ।
यस्तै,मनोजकुमार आचार्यलाई महिला आयोगबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा तानिएको छ ।
प्रदीपकुमार निरौलालाई वीरगञ्ज नगरपालिकाबाट दलित आयोगमा तानिएको छ । तुलसीनाथ गौतम ट्रष्टको कार्यालयबाट भौतिक पूर्वाधार मन्त्रालय,विदूरप्रसाद खनाललाई धरान उपमहानगरपालिकाबाट तानेर नेपाल ट्रष्टको कार्यालय,महेश बराललाई पोखरा महानगरपालिकाबाट तानेर भूमि व्यवस्था मन्त्रालयतिर ल्याइएको छ । शिव रेग्मीलाई बुटवल उपमहानगरपालिकाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा तानिएको छ । इन्द्रदेव भट्टलाई सूदुरपश्चिम प्रदेशबाट उर्जा मन्त्रालयमा तानिएको छ ।

प्रकाशित :२०७८ मंसिर ९, बिहीबार १४:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry