सहसचिव सरुवामा भद्रगोल बुझ्न काफी छैन त यी दुई उदाहरण ?

सरकार तथा संघीय मामिला  तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने सरुवा कतिसम्म भद्रगोल र बेथितीपूर्ण हुन्छ भन्ने दुईवटा उदाहरण हेरौं,

Advertisement 1

गत वैशाख २० गते ४४ जना सहसचिवको सरुवामा परे । सरुवा भएका सहसचिवमध्ये भन्सार विभागका डिजी चक्रबहादुर बुढादेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल प्रसाद भट्टराई पनि सरुवामा परे । कर्मचारी सरुवामा गडबडी गर्दै आएका आरोप खेपिरहेका भट्टराईलाई यस अघि नै कर्मचारी प्रशासन महाशाखाबाट सारेर मन्त्रालयकै नीति योजना तथा विकास समन्वय महाशाखामा पठाइएको थियो । भट्टराईको पनि त्यहाँबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरियो ।
दुई जना सहसचिवलाई संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा खटाइँदा पर्यटन मन्त्रालयका सहसचिव ज्ञानप्रसाद ढकाललाई कामकाजका लागि भन्दै सामाजिक विकास मन्त्रालय सूदुरपश्चिम प्रदेशतिर पुर्याइएको छ ।
पर्यटन मन्त्रालयमा सरुवा भएकामध्ये चक्रबहादुर बूढाले भन्सारबाट रमाना बुझेर पर्यटनमा हाजिर भइसकेका छन् । पर्यटन मन्त्रालय स्रोतका अनुसार उनलाई पर्यटन महाशाखाको जिम्मेवारी दिने तयारी छ । एक वटामात्र दरबन्दी रिक्त नभएका ठाउँमा के आधारमा र कुन उदेश्यले दुई सहसचिवलाई खटाइयो ? प्रश्नको बिषय बन्न पुगेको छ ।
यता सरुवा भएको दुई साता वितिसक्दा पनि कमल भट्टराइले भने सामान्य प्रशासन मन्त्रालय छाडेका छैनन् । राष्ट्रको सेवा गर्न भनी शपथ खाएर आएका कर्मचारीले सरकारले खटाएको ठाउँमा नजाने र अटेरी गर्ने प्रवृत्ति बढ्दै गएको छ ।अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सरुवा भएका तर रमाना नबुझेका कर्मचारीहरुको सूची खोज्दैछन् । आफ्नै आँखा अगाडि रहेका सहसचिव कमल भट्टराई रमाना नबुझि सामान्य प्रशासनमै दुई सातादेखि बसिरहेको देखको छन कि छैनन् होला ?

सामान्य प्रशासनले गर्ने तल्लातहदेखि उपल्ला तहसम्मको कर्मचारी सरुवामा भद्रगोल र मनपरी देखिएको हो । जसको पछिल्लो अर्काे उदाहरण हेरौं,एक जना सहसचिवले तीन महिनासम्म जिम्मेवारी पाउँदैनन् । मन्त्रालयको बरण्डामा थन्काइएको तीन महिना पछि उसलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहतिर खटाउँछ । उनै सहसचिवलाई मन्त्रीले वैदेशिक रोजगार विभागमा हाकिम बनाएर पठाउँछन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वैशाख २० गते एकै पटक ४४ जना सहसचिवको सरुवा गर्यो ।

Advertisement 2

सरुवाको सूचीको २३ औं नम्बरमा मदन दाहाललाई श्रम मन्त्रालयबाट गृह मन्त्रालयमा पठाइएको थियो । दाहालसहित अन्य ६ जना सहसचिवलाई गृह मन्त्रालयमा पठाइएको ३ जना सहसचिवमात्र गृहमा हाजिर भएका छन् । त्यही लटमा सरुवा भएर ६ सहसचिव गृहमा पठाइएकामध्ये तीन जना गृहमा नपुगेको गृह स्रोतले जानकारी दिएको छ ।
यस अघि राजश्व अनुसन्धान विभागको महानिर्देशकका रुपमा कार्यरत रहँदै गर्दा नेपाल इन्भेष्टमेन्ट बैंकको ९ अर्ब हाराहारी कर छलीको अनुसन्धान अघि बढाएका उनलाई चार महिनामै त्यहाँबाट लखेटेर श्रममा पुर्याइएको थियो । श्रम मन्त्रालयमा दुई महिनाभन्दा बढी समय जिम्मेवारविहिन भएर बसेका दाहाललाई मन्त्री शरतसिंह भण्डारीले हिजैमात्र वैदेशिक रोजगार विभागको महानिर्देशक बनाएर खटाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गृहमा खटाएको दाहाललाई मंगलबार मन्त्री भण्डारीले वैदेशिक रोजगार विभागको महानिर्देशक रुपमा खटाइएको हो ।

 

Advertisement 3

 

प्रकाशित :२०८० जेष्ठ ५, शुक्रबार ११:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry