टेकू अस्पतालले भन्यो :- ‘कोरोना उपचार लिन धरौटी चाहिन्छ’

सरकारले कोरोना भाइरस संक्रमितहरुको निशुल्क उपचार नगर्ने बताएसँगै नीजि मात्र होइन सरकारी अस्पतालहरुले नै धरौटीमा ५० हजारसम्म राख्नुपर्ने जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना संक्रमितको उपचारका लागि दैनिक शुल्क तोक्नुका साथै धरौटी माग गरेको छ ।
कोरोना संक्रमणले भयवह रुप लिइरहेको समयमा एकपछि अर्को अस्पतालहरुले संक्रमितको उपचारमा मनपरी शुल्क र धरौटी माग्न क्रम जारी छ ।

Advertisement 1

अस्पतालले एक सूचना जारी गरेर कोरोना उपचार शुल्क र धरौटी रकम तोकेको हो । अस्पतालद्धारा जारी सूचना अनुसार अस्पतालले भेन्टिलेटर र आइसियु चाहिने बिरामीका लागि दैनिक उपचार खर्च १५ हजार र धरौटी ५० हजार लाग्ने जनाएको छ । त्यसैगरी जटिल अवस्थाका आइसियु भेन्टिलेटर चाहिनेलाई दैनिक ९ हजार ५०० उपचार खर्च र ३० हजार धरौटी, मध्याम जटिललाई दैनिक ७ हजार ५०० उपचार खर्च ३० हजार धरौटी र मध्यम जटिललाई २० हजार धरौटी र ३ हजार ५ सय दैनिक शुल्क निर्धारण गरेको छ । अस्पतालले विपन्नको सुविधान लिनका लागि परिचयपत्र वा सम्बन्धित पालिकाको सिफारिस आवश्यक पर्ने जनाएको छ ।

अस्पतालले चिकित्सक तथा निर्देशकको सिफारिसमा १० देखि १०० प्रतिशतसम्म छुट गर्ने व्यवस्था रहेको समेत जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय अनुसार कार्तिक १४ गतेबाट संक्रमितको उपचार शुल्क लिने निर्णय गरेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा सागर राजभण्डारीले सरकारले कोभिड बिरामीका उपचारका लागि दिँदै आएको रकम नदिने भएपछि बाध्य भएर उपचार खर्च लिनु परेको बताए।

प्रकाशित :२०७७ कार्तिक १६, आईतवार १३:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry