एक्सनमा उत्रिए मेयर बालेन्द्र शाह :- हरेक कर्मचारीको कोठामा सिसिटिभी,हाजिर नगरेको दिनको तलब चट
काठमाडौँ महानगरपालिकाका घुस्याहा कर्मचारीमाथि मेयर बालेन्द्र शाहले एक्सन लिएका छन् । मेसिनरी सामान बिगारेर कमिसन खान पल्किएका कर्मचारीहरुलाई उनले निर्णयले झड्का लाग्ने भएको हो । महानगरपालिकाको बिग्रिएको मेसिनरी सामान अब देखि महाविर पुनद्धारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रले मात्र मर्मत गर्न पाउने निर्णय मेयर बालेन्द्र शाहले गराएका छन् ।
यस्ता सामाग्री मर्मत गर्ने नाममा कर्मचारीले मोटो कमिसन खानेदेखि सामान हराउनुका साथै पाटपूर्जा समेत चोरी हुने गरेको भन्दै मेयर साहले मेसिनरी सामान मर्मतको जिम्मा महावीर पुनको केन्द्रलाई दिएको हो। यस्का अलवा कर्मचारीहरूको कामको निगरानीका लागि हरेक कर्मचारीको कोठामा सिसिटिभी जडान गरिएको बताइएको छ ।
यस्का अलवा मेयर शाहले कर्मचारीको हाजिर भएको दिन गनेर तलब दिने निर्णय गरेका छन्।
Advertisement 1
कर्मचारीहरु कार्यालय समयमा उपस्थित नहुने, हाजिर नगर्ने तर तलब बुझ्ने गरेको पाइएपछि महानगरले यस्तो निर्णय गरेको हो । महानगरले सबै वडा र विभागलाई परिपत्र गर्दै सम्पूर्ण कर्मचारीको हाजिरी रेकर्ड पठाउन निर्देशन दिएको छ ।
Advertisement 2
कतिपय कर्मचारीले हाजिर नगरेको पाइएकाले त्यस्तो निर्देशन दिनुपरेको बताइएको छ ।विभाग तथा वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देश गरेको हो । अन्यथा असार महिनाको तलब नदिने परिपत्रमा उल्लेख छ ।