ठेकेदारको व्यवहारले कर्मचारी त्रसित,दोषीमाथि कडा दण्ड नभएसम्म कामकाज ठप्प

कर्णाली प्रदेशको सिद्ध कुमाख गाउँपालिकाका कर्मचारीमाथि कुटपिट भएको भन्दै कर्मचारीहरुले उक्त घटनाको निन्दा र भत्र्सना गरेका छन् ।
पालिकाभित्रको २ नम्बर वडामा निर्माणाधिन वडा कार्यालय भवनको अवलोकन गर्न गएका कर्मचारीमाथि कुटपिट भएको हो।

Advertisement 1

घटना हिजो दिँउसो ४ः३० बजेतिरको हो । मापदण्ड विपरित निर्माण भएको गुनासो पछि इन्जिनियर विवेकमान बस्नेत र वडा प्राविधिक मेघा वली त्यहाँ अनुमगनका लागि पुगेका थिए । तर अनुगमनका क्रममा मापदण्ड विपरित निर्माण कार्य भएकोले मापदण्ड अनुसार काम गर्नका लागि सम्झाउँदा सञ्जय कुमार तिरुवाले अनुगमनमा गएका कर्मचारीहरुमाथि हातपात गरेको सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओलीले बताएका छन् ।

No description available.

Advertisement 2

आक्रमण गर्नेमा ठेकेदार डम्बर तिरुवाको छोरा अन्दाजी वर्ष ३० को सञ्जय कुमार तिरुवा रहेको उनीहरुद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
कर्मचारीहरुले सो घटनाको भत्र्सना गर्दै कर्मचारीमाथि कुटपिट गर्ने अतिक्रमणकारीलाई कारवाही र अतिक्रमण भएका टहरा भत्काउन प्रहरीबाट थप सुरक्षाको व्यवस्था नभए काम गर्ने कर्मचारीको मनोबल घट्ने र अतिक्रमणकारीको मनोबल बढ्ने भन्दै प्रहरी प्रशासन गम्भीर हुन उनीहरुले माग राखेका छन् ।
उनीहरुले दोषी उपर कारवाही नभएसम्म गाउँपालिकाको सम्पूर्ण काम काज ठप्प पार्न निर्णय गरेका छन् ।

प्रकाशित :२०७९ पुष ३, आईतवार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry