राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन प्रक्रिया
राष्ट्रपति रनिङ शिल्ड एक राष्ट्रिय स्तरको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हो। वि.स.२०६५ साल सम्म यो प्रतियोगितालाई वीरेन्द्र रनिङ शिल्डका रुपमा आयोजना गरिन्थ्यो। २०६५ साल साउनमा नेपालमा प्रथम राष्ट्रपति निर्वाचन भएपछि यस प्रतियोगिताको नाम राष्ट्रपति रनिङ शिल्ड रहन गयो त्यसैले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सुरुवात वि.स.२०६६ साल देखि भएको हो।
Advertisement 1
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भन्नाले चालु शैक्षिक सत्रमा १८ वर्ष भन्दा मुनिका कक्षा १२ सम्म नियमित रुपमा अध्ययनरत छात्र छात्राहरू बीच आ-आफ्नो समूहमा हुने भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट प्रतियोगिताहरू पर्दछन्। जुन प्रतियोगिता स्थानीय तह स्तर, जिल्ला स्तर, प्रदेश स्तर र केन्द्र स्तर (संघ) मा संचालन हुन्छ। तर अन्तराष्ट्रिय स्तरमा खेलिसकेका खेलाडी भने यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन्। प्रतियोगितालाई अनुशासित, मर्यादित र व्यवस्थित बनाउन नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० बनाई लागु गरेको छ।
राष्ट्रपति रनिङ शिल्ड एक नियमित प्रतियोगिता भएकोले अघिल्लो वर्षको शिल्ड नै बिजयीलाई रनिङ शिल्डको रुपमा उपलब्ध गराउने व्यवस्था रहन्छ तर लगातार ३ वर्ष सम्म एउटै विद्यालयरस्थानीय तहरजिल्लारप्रदेश शिल्ड जितेमा सो शिल्ड उनीहरूले सँधैका लागि राख्न पाउने छन् भने आगामी वर्षको प्रतियोगिताको लागि आयोजकले नयाँ शिल्ड बनाउनु पर्नेछ। प्रतियोगिता संचालन गर्न खेलकुद पुर्वाधार पर्याप्त भएको विद्यालयरजिल्लारप्रदेशमा आलोपालो गर्नुपर्दछ। प्रत्येक वर्षको लागि खेलको प्रतीक चिन्ह (मस्कट) केन्द्रीय समितिले सिफारिस गरे बमोजिम हुन्छ। स्थानीय तह स्तरको उत्कृष्ट खेलाडीले जिल्ला स्तरमा प्रतिस्पर्धा गर्न पाउने र जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भई उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई सम्बन्धित जिल्ला खेलकुद विकास समितिको सिफारिसमा प्रदेश स्तरमा प्रतिस्पर्धा गराइन्छ। यसरी सातै प्रदेशमा प्रदेश स्तरीय प्रतिस्पर्धामा उत्कृष्ट स्थान हाँसिल गर्ने खेलाडीहरूलाई प्रदेश स्तरीय खेलकुद विकास समितिको सिफारिसमा केन्द्र स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विभिन्न खेलकुद प्रतियोगितामा सहभागी गराइन्छ।
Advertisement 2
प्रतियोगिताको आयोजकले प्रत्येक इभेन्ट्सका बिजयी खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र उपलब्ध गराउनु पर्दछ। संचालित प्रतियोगितामा प्रथम हुने विद्यालयरस्थानीय तहरजिल्लारप्रदेशलाई शिल्ड सहित नगद, ट्रफी र प्रमाण पत्र उपलब्ध गराउनु पर्दछ साथै द्वितीय र तृतीय हुनेलाई ट्रफी, नगद र प्रमाणपत्र उपलब्ध गराउनु पर्दछ। सम्बन्धित स्तरमा प्रतियोगिता सम्पन्न भएपछि ७ दिन भित्र आयोजकले खेल नतिजा सहितको प्रतिवेदन माथिल्लो निकायमा अनिवार्य पठाउनु पर्ने हुन्छ भने लेखा परिक्षण पनि अनिवार्य गराउनु पर्दछ। जिल्ला स्तरीय प्रतियोगिताको एथ्लेटिक्स प्रतियोगिता मा बिजयी खेलाडीहरूलाई प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउनु पर्नेछ भने भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीहरूको छनौट भने उत्कृष्ट खेलाडीहरू मध्येबाट खेल प्राविधिकको परामर्शमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिले सिफारिस गरे बमोजिम हुन्छ।
Advertisement 3
यो प्रतियोगिता खेलकुद विकास समितिहरूको अनुकुलता हेरेर मात्रै नभई निर्देशिकाले तोकेको समयभित्र सम्पन्न गरिसक्नु पर्ने हुन्छ। निर्देशिका अनुसार हिमाली जिल्लाहरूमा चैत्र महिना भित्र सम्पन्न गरिसक्नु पर्दछ भने पहाडी, तराई तथा उपत्यकामा ढिलोमा पनि फागुन महिना भित्र सम्पन्न गरी प्रदेश स्तर र केन्द्र स्तरमा वैशाख महिनामा सम्पन्न गरिसक्नु पर्दछ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश भएका सम्पूर्ण खेलरविधा तथा प्रत्येक इभेन्ट्सहरूको व्यक्तिगत तथा सामूहिक प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः स्वर्ण, रजत र कास्य पदकका साथमा प्रमाणपत्र दिइन्छ। समग्रमा प्रथम, द्वितीय र तृतीय स्थानको निर्णय गर्दा यिनै स्वर्ण, रजत र कास्य पदक संख्याको आधारमा क्रमश स्थान निर्धारण गरिन्छ। निर्णयमा चित्त नबुझेमा प्रतियोगीले संचालकरआयोजक समक्ष तोकिएको ढाँचामा उजुरी गर्न सक्नेछन् भने जाँचबुझ गरी उपयुक्त निर्णय गर्नुपर्दछ।
विद्यालय स्तरको प्रतियोगिताबाटै केन्द्र स्तरसम्मका लागि खेलाडी छनौट हुने भएकोले स्थानीय तह स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्ने खेलाडीहरूले जन्मदर्ताको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्दछ। माथिल्लो तहको प्रतियोगितामा खेल्नका लागि छनौट भएका खेलाडीको फारामसँगै जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी समेत पठाउनु पर्नेहुन्छ। त्यसै सबै तहमा खेल संचालन हुने अवधि भरका लागि सबै खेलाडीहरूको सामूहिक बिमाको व्यवस्था आयोजकले गर्नुपर्ने हुन्छ।
( सन्दर्भ सामाग्री : राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७०)