सामाजिक सद्भाव कायम राख्न प्रशासनको आह्वान

पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको छ।
Advertisement 1
आज वीरगञ्जमा भएको प्रदर्शनलाई मध्यनजर गर्दै समाजमा शान्ति सुरक्षा कायम राख्नका लागि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक अपिल गरेका हुन्। उनले सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि खालको गतिविधि नगर्न आह्वान गरेका छन्।
“१ अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ”, उनले भने, “यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ।”
प्रकाशित :२०८२ पुष २०, आईतवार १५:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













