खानेपानी संस्थानले माग्यो ६१ जना कर्मचारी
नेपाल खानेपानी संस्थानले कर्मचारीका लागि ६१ जना कर्मचारी मागेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त आह्वान गरेको हो ।
Advertisement 1
संस्थानले जुनियर प्लम्बर ९ जना, असिस्टेन्ट पम्प अपरेटर ४ जना, प्लान्ट एटेन्डेन्ट १ जना र ल्याब ब्वाइ ३ जना मागेको छ। यस्तै, लाइट ड्राइभर ५ जना, हेल्पर १६ जना र कार्यालय सहयोगी २३ जनाका लागि दरखास्त आह्वान गरिएको छ।
माग भएको पदमध्ये जुनियर प्लम्बर, असिस्टेन्ट पम्प अपरेटर, प्लान्ट एटेन्डेन्ट र ल्याब ब्वाइका लागि ८ कक्षा पास भएको शैक्षिक योग्यता र कम्तीमा ३ महिनाको तालिम लिएको वा साधारण लेखपढ गर्न जान्ने भइ सम्बन्धित काममा ३ वर्षको अनुभव प्राप्त हुनुपर्ने संस्थानले जनाएको छ।
Advertisement 2
योग्य नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख छ ।