जनयुद्ध दिवसमा अध्यक्षले दिएको सार्वजनिक बिदा उपाध्यक्षद्धारा खारेज

फागुन १ गते जनयुद्ध दिवसको अवसरमा गजुरी गाउँपालिकाले गाइजात्रा देखाएको छ । सरकारले १ फागुनमा सार्वजनिक बिदा दिँदै आएको थियो तर सर्वोच्च अदालतले फागसन १ गते जनयुद्ध दिवसको बिदा दिने निर्णय खारेज नै गर्यो ।
Advertisement 1
यो सँगै गृह मन्त्रालयले सर्वोच्च अदालतको आदेशअनुसार १ फागुनमा दिइएको सार्वजनिक बिदा कायम नरहेको भन्दै विज्ञप्ति जारी गरेको अबस्था छ तर कतिपय माओवादीले अध्यक्ष जितेका पालिकाहरुले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सूचना निकालेका छन् ।
यसमा रोल्पाको रोल्पा नगरपालिका, सुनिल स्मृति र माडी गाउँपालिका, गोरखाको अजिरकोट, भीमसेन थापा र गण्डकी गाउँपालिका, काभ्रेको चौंरीदेउराली गाउँपालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका, बाफीकोट गाउँपालिका, हुम्लाको ताजकोट, सिमकोट गाउँपालिकाले लगायतका पालिकाले सार्वजनिक बिदा दिने सूचना निकालेका छन् ।
उता धादिङको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले फागुन १ गते जनयुद्ध दिवसका दिन पालिकाभित्रका सरकारी कार्यालय,विद्यालय तथा संघसंस्थाहरु १ दिन सार्वजनिक बिदा दिने निर्णय भएको भन्दै सूचना प्रकाशन गरेका छन् ।
Advertisement 2
तर पालिकाकै उपाध्यक्ष शर्मिला बिसुरालले फागुन १ गते सार्वजनिक बिदा दिने बिषयमा कार्यपालिका बैठकमा कुनै छलफल नभएको र गृह मन्त्रालयको सूचना अनुसार पनि पालिकाभित्र कुनै बिदा नभएको सूचना प्रकाशन गरेकी छिन् ।