कप्रमा हुँदा पत्नीलाई,सल्लाहकार भए पछि भाइलाई सिडिओ

आफ्नै हात जगन्नाथ हुँदा कर्मचारीहरुले सरुवामा कुन हदसम्म बदमासी गर्न सक्छन् भन्ने एउटा उदाहरण हो यो । यसअघि कर्मचारी प्रशासनको हाकिम हुँदा पत्नीलाई सहायक सिडिओ बनाएका सुनिल खनालले अहिले भाइलाई समेत सिडिओ बनाउन भ्याएका छन् ।

Advertisement 1

आफू अनिवार्य अवकाशमा जानुअघि गृहको क्याडर बाहिरकी पत्नी सुप्रभालाई उर्जाबाट तानेर सहायक सिडिओ बनाउन भ्याएका खनालले अवकाशलगत्तै गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षा सल्लाहकार बन्ने अवसर पाए र अहिले त्यही अवसरलाई प्रयोग गर्दै भाइलाई हिजोमात्र सिडिओ बनाउन भ्याएका छन् ।

“अवकाशलगत्तै गृहमन्त्री बालकृष्ण खाँणको सुरक्षा सल्लाहकार बन्ने अवसर पाए र अहिले त्यही अवसरलाई प्रयोग गर्दै भाइलाई हिजोमात्र सिडिओ बनाउन भ्याएका छन् ।”

Advertisement 2

गत भाद्र २३ मा गोविन्दप्रसाद रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीमा खटाइएपछि कप्रको जिम्मेवारी पाएका थिए सुनिल खनालले । उनी गत कार्तिकमै ५८ बर्षे उमेर हद लागेर घर फर्किए । घर जानुअघि पत्नी सुप्रभालाई उर्जा मन्त्रालयबाट रातारात गृहमा तानेर काठमाडौंको सहायक जिल्ला अधिकारी बनाउने काम फत्ते गरे ।

अहिले गृहमन्त्री खाँणको सुरक्षा सल्लाहकार भएको मौका पारेर भाइ अनिललाई सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारी बनाउन सफल भएका छन् । सोलुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीलाई १३ महिनापछि गृहमा तानेर त्यहाँ भाइलाई पठाइएको हो ।

Advertisement 3

उता ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा महेश पोखरेललाई पठाइएको छ । पोखरेल गृहका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलका नातेदार हुन् ।

यसअघि सुनसरीको सहायक सिडिओ चलाइसकेका । अहिले सबैभन्दा बढी बेथिति र भद्रगोल नै गृहका कर्मचारी सरुवामा देखिन थालेको त्यहाँका कर्मचारीहरु सुनाउँछन् ।

प्रकाशित :२०७८ फाल्गुन १, आईतवार ०६:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry