हेटौंडामा २ चिकित्सक कुटिए

आफन्तको मृत्यु भएको निहुँमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुई जना डाक्टरमाथि कुटपिट भएको छ । बुधबार हस्पिटलका चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि एचडीयु वार्डमा कुटपिट भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य सेढाइले जानकारी दिए ।
Advertisement 1
हेटौँडाका पदम पोखरीका केहि युवाहरूको समूहले अस्पताल भित्र छिरेर दुई जना डाक्टरमाथि कुटपिट गरेका हुन् ।एक महिना अघि हेटौँडा पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको थियो । उनको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले दुई जना डाक्टरमाथि हातपात गरेका हुन् ।
कुटपिट हुँदा डाक्टर थापाको नाकमा गम्भीर चोट लागेको सञ्चो अस्पतालले जनाएको छ । डाक्टरहरुलाई हस्पिटलभित्र कुटपिट गरेपछि अन्य डाक्टरहरुलाई ओपीडी सेवा पनि बन्द गरेर आन्दोलन गरेका थिए । डाक्टरमाथि कुटपिट हुँदा अन्य बिरामीका कुरुवामाथि समेत हातपात भएको अस्पताल प्रशासनले जनाएको छ ।
Advertisement 2
कुटपिट गर्नेलाई प्रहरीले अझै पक्राउ गरेको छैन ।