काठमाडौंमा भोलिदेखि के–के खुल्छ ? आदेशको पूर्णपाठ
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ।
बैठकले २५ सिट वा सोभन्दा माथि सिट क्षमता भएका सार्वजनिक सवारीसाधन भोलिदेखि जोर बिजोर प्रणालीबाट सन्चालन गर्ने निर्णय गरेको छ। बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चलाउन दिने निर्णय गरिएको हो। लामो दूरीका सवारी साधन भने चलाउन पाइने छैन।कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।
Advertisement 1
भोलिदेखि सात दिन अर्थात् २१ असारसम्म निषेधाज्ञा थपिएको हो। अब झन् खुकुलो पारिने भएको छ।
Advertisement 2
Advertisement 3
प्रकाशित :२०७८ असार १४, सोमबार १२:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%