रसुवाबाट प्रहरीको पहिलो एसएसपी बने दिनेश आचार्य,खटाइयो अपराध अनुसन्धान महाशाखामा
नेपाल प्रहरीतर्फ ३२ जना एसएसपी पदमा बढुवा भएका छन् । जसमा केही विवाद्स्पद् चरित्रका समेत बढुवामा परेका छन् । बढुवा भएकामध्ये अधिकांश राष्ट्रिय अनुसन्धान विभागबाट आएकाहरु छन् र इन्स्पेक्टर ब्याच नम्बर १११ र ११२ का हरु बढुवा भएका हुन । जसमा तत्कालीन बिशेष प्रहरी (सतर्कता केन्द्र) तथा हालको राष्ट्रिय अनुसन्धान विभागबाट ०५९ सालमा सरुवा भई आएकाहरु छन् ।
बढुवा सूचीको पहिलो नम्बरमा छन्,गणेश चन्द,उनी गुप्तचरबाट नेपाल प्रहरी सेवामा आएका हुन् ।यस्तै विवाद्स्पद् चरित्रका सिध्दिबिक्रम शाह दोश्रो नम्बरमा बढुवा सूचीमा छन् । उनी रौतहटमा रहँदा त्यहाँका पत्रकारलाई लागुऔषध काण्डमा फसाएका थिए । बढुवाको तेश्रो नम्बरमा सुशीलसिंह राठौर परेको छन् भने चौथोमा उमाप्रसाद चतुर्वेदी । चन्दसँगै शाह,राठौर र चतुर्वेदी सबै राष्ट्रिय अनुसन्धान विभागको सेवाबाट नेपाल प्रहरीमा छिरेका हुन् ।
यस्तै वानेश्वर बृत्तको डिएसपी हुँदा खाने तेलमा कालोबजारी गर्ने दुगड ग्रुपलाई अठ्याउनेदेखि यौनकाण्डमा डामिएका कुमारी बैंकका तत्कालीन सिइओ उदयकृष्ण उपाध्यायलाई अठ्ठाएर चर्चा कमाएका दानबहादुर कार्की पाँच नम्बरमा छन् । डा मनोजकुमार केसी,छैटौं नम्बरमा छन् । ुात नम्बरमा राजन अधिकारी,आठ नम्बरमा जीवनकुमार श्रेष्ठ (क), हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर बिक क्रमशः ९ र १० नम्बरमा छन् । उनीहरु दुवै राष्ट्रिय अनुसन्धान विभागबाट आएका हुन् । अर्का ओमबहादुर राना पनि उतैका हुन् । यस्तै इन्स्पेक्टर ब्याच १११ का ईश्वर कार्की १२ नम्बरमा पर्दा राजेन्द्र भट्ट १३ नम्बरमा ,१४ मा रसुवाका दिनेशकुमार आचार्य बढुवा भएका छन् । उनलाई अपराध अनुसन्धान महाशाखामा खटाइएको छ ।रसुवा जिल्लाबाट प्रहरीको उच्च ओहदामा पुग्नेमा उनी नै पहिलो व्यक्ति हुन ।
Advertisement 1
यस्तै १५ का अरुण पौडेल,१६ का गोविन्द थपलिया,१७ का माधवप्रसाद श्रेष्ठ सबै १११ ब्याचका इन्स्पेक्टर हुन् । ११० का डिल्लीराज बिष्ट तीन वर्षअघि कञ्चनपुरमा भएको निर्मला पन्त काण्डमा मुछिएर अनाहक निलम्बनमा परेका थिए । उनी वरिष्ठमध्येका एसपी भैकन पनि १८ नम्बरमा धकेलिएका छन् ।यस्तै मनोजकुमार यादव १९ नम्बरमा छन् । भोजपुरका रेवती ढकाल २० नम्बरमा बढुवा भएका छन् । अनुसन्धान विभागबाट आएका दिपेन्द्र घर्ति क्षेत्री २१ नम्बर र दिपक रेग्मी २२ मा छन् । यस्तै एसपीको जिम्मेवारी निभाउने क्रममा बारामा तीन दिन रक्सी खाएर बेहोस भएका दिलिपसिंह देउवा २३ नम्बरमा बढुवा भएका छन् । उनी पनि अनुसन्धान विभागबाट आएका थिए । त्यहि विभागबाट आएका विनोद घिमिरेलाई उनको पछि राखिएको छ । यस्तै १११ ब्याचका किसनसिंह थापा र सुदर्शनप्रसाद कोइराला क्रमशः २५ र २६ नम्बरमा बढुवा भएका छन् । उताबाट आएका दिपक बस्नेत २७ नम्बरमा,जयराज सापकोटा २८ नम्बरमा छन् । अनुसन्धान विभागबाट नेपाल प्रहरीको सेवामा आएका सुरेन्द्रबहादुर गुरुङ २९ नम्बरमा बढुवा भएका छन् । उनी पूर्वअञ्चलाधीशको छोरा हुन् । उनी पछि सञ्जिव शर्मा दास ३० औं नम्बरमा रामेछापमा भएको हत्याकाण्डमा संलग्न भएको आरोप लागेपछि निलम्बनमा परेका थिए । तर, त्यसपछि पनि उनी स्वतः बढुवा भए र अहिले एसएसपी बनेका छन् । ३१ नम्बरमा रहेका लोकेन्द्र श्रेष्ठ १५ दिनका लागि एसएसपी बनेका छन् भने ३२ नम्बरका शारदाप्रसाद चौधरी पनि अनुसन्धान विभागबाट आएका हुन् ।
Advertisement 2