अटेरी ५५ स्थानीय तह :- जस्ले सार्वजनिक गर्न मानेनन् सुशासनको रिर्पोट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशैभरका ७५३ स्थानीय तहको सुशासनको स्वमूल्यांकनको नतिजा उपलव्ध गराइदिन परिपत्र गर्यो । मन्त्रालयले तयार गरेको एउटा सफ्टवेयर लिजामार्फत स्थानीय तहहरुलाई विभिन्न दशवटा बिषयगत क्षेत्रमा एक सय वटा सूचक राखी बार्षिक रुपमा मूल्यांकन गर्ने भनिएको थियो ।
जसमा बार्षिक बजेट तथा योजना व्यवस्थापन,बित्तिय एवं आर्थिक व्यवस्थापन,सार्वजनिक सेवा प्रवाह,न्यायिक कार्यसम्पादन,भौतिक पूर्वाधार,सामाजिक समावेशीकरण,वातावरण संरक्षण तथा विपद् व्यवसथ्पानका साथै सहकार्य र समन्वय लगायतका बिषयक्षेत्र छुट्टाइएका थिए ।
Advertisement 1
े जस्मा अधिकांश स्थानीय तहले मन्त्रालयको परिपत्र अनुसार विवरण उपलव्ध गराएको भए पनि भक्तपुरको मध्यपुर ठिमी र कर्णालीको दैलेख जिल्लास्थित भैरबी गाउँपालिकाले सो प्रक्रियामा नै भाग नलिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै,देशैभरका ७५३ स्थानीय तहमध्ये काठमाडौं,ललितपुरजस्ता ठूला महानगरपालिकासहित ५५ वटा स्थानीय तहले स्वमूल्यांकनको नजिता सार्वजनिक नगरेको सामान्य प्रशासनले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६९८ वटा स्थानीय तहको आर्थिक बर्ष ०७७/ ०७८ को समग्र अबस्थाबारे स्वमूल्यांकन गरी स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याकन नतिजा सार्वजनिक गरिएको छ ।
Advertisement 2
जसअनुसार प्रारम्भिक नतिजा तयार हुँदै गरेका स्थानीय तहको संख्या ३३ वटा रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यस्तै जिल्ला समन्वय समितिमा पृष्ठपोषणका लागि पेश भएका ४ वटा,जिजसबाट पृष्ठपोषण सम्पन्न भएका ८ वटा,अनुमोदनका लागि कार्यपालिकामा पेश भएका ७ वटा अन्तिम नतिजा कार्यपालिकाबाट अनुमोदन भइ सार्वजनिक भएका ६९८ वटा स्थनाीय तह रहेका छन् ।
Advertisement 3
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीयता पछि स्थानीय सरकार गठन भएको पाँच बर्ष व्यतित भइसकेको अबस्थामा ती स्थानीय तहको कार्यप्रक्रिया र उपलव्धिहरुको बारोमा लेखाजोखा गरी सबल र दूर्बल पक्ष पहिचान गर्न,विकास तथा सुशासनमा रहेको कमी कमजोरीहरुको बारेमा जानकारी लिन,आवद्यिक समिक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाहरुबीचको तुलनात्मक सूचकहरु तर्जुमा गर्ने उदेश्यका साथ यो कामको प्रारम्भ गरेको हो ।