सामान्यको प्रष्टोक्ति :-कर्मचारी सरुवा व्यवस्थापन संघीय कर्मचारीका लागि मात्र
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी व्यवस्थापनसम्बन्धी परिपत्र स्थानीय तहका कर्मचारीहरुको लागि नभएको प्रष्टाएको छ ।
Advertisement 1
मन्त्रालयले साउन ११ गते कर्मचारी सरुवा व्यवस्थापनका लागि भन्दै दुर्गममा कार्यरत कर्मचारीहरुलाई सुगममा पठाउने तयारी स्वरुप क वा ख वर्गको भौगोलिक क्षेत्रका कार्यालयमा काम गरिसकेका कर्मचारीले ग वा घ वर्गको तथा ग वा घ वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कार्य गरी सकेका कर्मचारीहरूले सुगम अर्थात क वा ख वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा काम गर्न इच्छुक भए पीआइएस अपडेट गरी नौ दिन भित्र मन्त्रालयमा इमेल पठाउन परिपत्र गरेको थियो ।
मन्त्रालयले संघका कर्मचारीका लागिमात्र निवेदन आह्वान गरेको प्रष्टाएको हो । संघ अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीहरु यदी सुगमबाट दुर्गम र दुर्गमबाट सुगममा जान चाहेको खण्डमा नियुक्ति, पदस्थापन, सरुवा, समायोजन, काज, कामकाज, रमाना, हाजिर भएको जानकारी लगायत सम्पूर्ण विवरण अनिवार्य रुपमा अद्यावधिक गर्न समेत निर्देशन जारी गरेको भन्दै उस्ले प्रष्टाएको हो ।
Advertisement 2
मन्त्रालयका अनुसार संघीय निजामती सेवामा समायोजन भएका कर्मचारीहरु, संघीय निजामती सेवामा समायोजन भई कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा कामकाजमा खटाइएका कर्मचारीहरु तथा संघीय निजामती सेवामा समायोजन भई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाजमा खटाइएका कर्मचारीहरुलाई मात्र लागू हुने प्रष्ट पारेको हो । उक्त सूचना कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम प्रदेश तथा स्थानीय तहको सेवामा समायोजन भएका कर्मचारीहरु तथा तत् तत् प्रदेश र स्थानीय तहहरुको लागि लोक सेवा आयोग तथा सम्बन्धित प्रदेश लोक सेवा आयोगबाट सिफारिस भई नियुक्ति भएका कर्मचारीहरुको हकमा लागू नहुने व्यहोरा स्पष्ट पारेको मन्त्रालयले जनाएको छ ।