चिकित्सा आयोगको निर्देशकका लागि सर्ट लिष्टमा छानिए १२ जना, अन्तर्वार्ता भोलि

चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जनाको नाम प्रारम्भिक छनोट सर्ट लिष्टमा परेको छ । आयोगमा रिक्त रहेको चार वटा निर्देशकको पदका लागि २० जनाले आवेदन दिएका थिए । जसमध्ये १२ जनाको नाम सर्ट लिष्टमा परेको हो।

Advertisement 1

अल्पसूचीमा परेका उम्मेदवारहरूमा डा कृष्णसागर शर्मा, प्रा डा गुरुप्रसाद खनाल, प्रा डा दिनेशकुमार लम्साल, डा भीमसिंह तिंकरी, प्रा डा वन्दना गुरुङ शर्मा, डा विजयचन्द्र आचार्य, प्रा डा सरला श्रेष्ठ र प्रा डा सुजनबाबु मरहठ्ठा, प्रा डा सुदीप आचार्य, प्रा डा सुरज बज्राचार्य, प्रा डा स्वयंप्रकाश पण्डित र हरिप्रसाद बस्याल पनि सर्ट लिस्टिङमा परेका छन् ।

चिकित्सा शिक्षा आयोगको निर्देशक नियुक्तिका लागि सिफारिस गर्न गठित समितिको कार्यसम्पादन सम्बन्धी कार्यविधि, २०८० अनुसार रिक्त निर्देशक पदमा नियुक्तिका लागि १२ जनाको नाम अल्पसूचीमा प्रकाशित गरिएको निर्देशक नियुक्ति सिफारिसका लागि गठित समितिले जनाएको छ ।

Advertisement 2

छनौंटमा परेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता सोमबार बोलाइएको छ ।

प्रकाशित :२०८० मंसिर १७, आईतवार १२:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry