लोकसेवा आयोगसम्बन्धी मुद्दामा हुन सकेन सुनुवाइ

सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगको परीक्षासँग सम्बन्धीत बाइस मुद्दा सुनुवाइका लागि पेसी तोकिएको भए पनि सुनुवाइ हुन सकेन ।
Advertisement 1
न्यायाधीश दीपककुमार कार्की, अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलासमा आज पेसी तोकिएको भए पनि ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हुनाले सुनुवाइ हुन नसकेको हो । झण्डै साढे तीन महिनादेखि सुनुवाइ हुन नसकेको लोकसेवा आयोगसम्बन्धी मुद्दा आज पनि सुनुवाइ नभई स्थगित भएको छ ।
प्रकाशित :२०७८ पुष २२, बिहीबार २३:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%