प्रहरी लगाएर अटेरी उपसचिवको रमाना

सन्तोष भुषाल

Advertisement 1

खटाएको ठाउँमा नजाने उपसचिवलाई मन्त्रालयमा ल्याउनका लागि प्रहरीलाई गुहार्नु परेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएका उपसचिव त्यसलाई अटेरी गर्दै मुख्यमन्त्रीको कार्यालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीमा सरुवाको व्यवस्था मिलाए । यस अघि उनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए ।

यसरी सामान्यले खटाएको ठाउँमा नजाने र मन्त्रालयमा स्पष्टीकरण समेत नदिइ महिनादिनभन्दा बढी समयसम्म खटाएको ठाउँमा जान अटेरी गर्दै प्रदेशमा बस्दै आएका एक जना उपसचिवविरुद्ध प्रहरीलाई नै पत्राचार गरिएपछि उनी सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपस्थित भएका छन् । यस्ता अटेरी उपसचिव हुन महेश पाण्डे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत चैत्र २३ को निर्णय अनुसार महागढीमाई नगरपालिका बाराको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो
। तर उनी त्यता नगइ मुख्यमन्त्रीको कार्यालयबाट यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, रुपन्देहीमा सरुवाको व्यवस्था मिलाए । सामान्यको खटन पटनलाई अटेरी गर्दै प्रदेशमा बस्दै आएका पाण्डेले महिनौं दिनसम्म रमाना लिई खटाईएको कार्यालयमा नगएको बुझिन आएको हुँदा के कति कारणले खटाईएको कार्यालयमा हाजिर हुन नजानु भएको हो ? पत्रको मितिले २४ घण्टा भित्र यस मन्त्रालयमा उपस्थित भई स्पष्टिकरण पेश गर्नु भन्दै मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका अधिकृत विकास शर्मा रिजाल हस्ताक्षरित पत्र पठाए ।

Advertisement 2

मन्त्रालयको स्पष्टीकरण समेत नदिइ अटेरी गर्दै प्रदेशको स्वास्थ्य मन्त्रालयमा कार्यरत रहेका उनलाई मन्त्रालयमा ल्याउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रहरीलाई गुहार्नु परेको छ । मन्त्रालयले ती उपसचिवलाई उपस्थित गराइदिन गृहलाई गुहार्यो । गृहले प्रहरी प्रधान कार्यालयलाई पत्र पठायो । यसरी एक जना अटेरी उपसचिवलाई प्रहरी प्रधान कार्यालयको पत्राचार पछि हिजो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उपस्थित भएका छन् ।

प्रकाशित :२०८० जेष्ठ ९, मंगलवार ०६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry