गोल्डमेडलिष्ट उपसचिव पछि कलेज टपर सुब्बा पनि डामिए भ्रष्टाचार मुद्धामा
विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको सुन तस्करसँगको मिलेमतोमा चुरोट साटफेर गरेर पास गराएको भेटिएपछि भन्सारका नासु पक्राय परेका छन् ।
Advertisement 1
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि कर्मचारीको मिलेमतोमा करिब ६ करोड मूल्यबराबरको सुन तस्करी भएको छ भेटिएपछि सिआइबीको टोलीले विमानस्थल भन्सारका नायब सुब्बा रेवन्त खड्कासहित चारजनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ ।
दश महिनाअघि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत ‘गोल्ड मेडलिस्ट’ उपसचिव प्रमोद नेपाल साढे २२ लाख घुससहित अख्तियारद्वारा रंगेहात समातिएका थिए ।
उनीझैं नायब सुब्बा पनि अख्तियारको फन्दामा परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत सुब्बा रेवन्त खड्का पनि पढाईमा अब्बल थिए । १९ वर्षकै उमेरमा सुब्बामा नाम निकालेका खड्का एक वर्षदेखि गौचरस्थित भन्सार कार्यालयमा कार्यरत थिए ।
Advertisement 2
गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भयो ।