साता दिनमै दुई ठाउँमा सरुवा

सरकारले एक सह सचिवलाई साता दिनमै दुई ठाउँमा सरुवा गरेको छ ।
अघिल्लो मंगलबारमात्र भवन निर्माण तथा शहरी विकास विभागबाट उपत्याका शहरी विकास प्राधिकरणमा सरुवा भएको पत्र थमाइएका चक्रवर्ती कण्ठलाई साता दिन नबित्दै सार्वजनिक खरिद अनुगमनको कार्यलयतिर पठाइएको हो ।
प्रभु साहसँग गाडी लफडामा परेर बाहिरिएको चर्चा भए पनि यो बिषयमा सत्यता नरहेको कण्ठले प्रतिक्रिया दिए ।
यस्तै कन्ठसहित सरुवा हुनेहरुमा प्रधानमन्त्री ओलीका एस म्यान मानिएका कुनै समय अखिलमा काम गरेका विनोद कुँवरलाई गण्डकी प्रदेशतिर पुर्याइएको छ । राजश्वको हाकिममा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयमा कार्यरत रामप्रसाद घिमिरेलाई तानिएको छ । यस्तै सचिव हुने लाइनमा रहेका कृष्ण आचार्यलाई कर्णाली प्रदेशको बन मन्त्रालयबाट प्रेम आलेले कमाण्ड गरिरहेको मन्त्रालयतिर तानिएको छ भने उनको ठाउँमा मन्त्रालयका सह सचिव मोहनदेव जोशीलाई पठाइएको छ । यस्तै धनगढी उपमहानगरपालिकाबाट तानेर जगन्नाथ पन्तलाई राष्ट्रपति कार्यालयमा खटाइएको छ ।

प्रकाशित :२०७७ पुष २२, बुधबार ०७:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry