पेशागत महासंघमा खनालको अध्यक्षतामा नयाँ समिति
पेशागत महासंघ नेपालको अध्यक्षमा प्रेमलकुमार खनाल चयन भएका छन् । महासंघको सातौं राष्ट्रिय महाधिवेशनले खनालको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्णमान श्रेष्ठ, उपाध्यक्षमा प्रभादेवी बज्राचार्य, रामप्रसाद रिमाल, योगेन्द्र यादव, किशोरकुमार नेपाली, धरणीधर अधिकारी, हिक्मतबहादुर बस्नेत, हरिप्रसाद जोशी र शरणकुमार गुरुङ छानिएका छन् । महासचिवमा राजन रेग्मी, उपमहासचिवमा सूर्यप्रसाद अधिकारी, सीताकुमारी ओझा, पूर्णबहादुर बुढा, रामकुमार महत र विश्वनारायण मिश्र रहेका छन् । सचिवमा भवानी खड्का, विकास सिलवाल, रामप्रसाद आचार्य, कोषाध्यक्षमा ध्रुवप्रसाद पौडेल र सहकोषाध्यक्षमा हरिदेव यादव रहेका छन् ।
Advertisement 1
त्यस्तै महाधिवेशनबाट सभामुखमा शंकरप्रसाद सुवेदी र उपसभामुखमा सिन्धु पाण्डे चयन भएका छन् । लेखा समिति संयोजकमा भोलानाथ उपाध्याय, सदस्यहरुमा धनबहादुर खत्री र सरोजकुमार भण्डारी चयन भएका छन् । आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
महासंघले श्रम ऐनमा रहेको हायर एण्ड फायर र नो वर्क नो पे नीतिका कारण श्रमिकहरुको रोजगारी कटौती भएको तथा ट्रेड युनियन गठन संचालन र दर्तामा समस्या उत्पन्न भई विकृति, विसंगति र भ्रष्टाचारजन्य गतिविधि बढेकाले त्यसलाई यथाशीघ्र संशोधन गर्न पनि माग गरेको छ ।