४० हजार घुससहित सहायक वन अधिकृत पक्राउ

धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।
Advertisement 1
उजुरी निवेदनको आधारमा स्ट्रील अपरेशनमा कार्यालय प्रमुख पौडेल रङ्गेहात पक्राउ गरिएको आयोग प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए ।
‘केही दिन अघि फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्न कागजात माग गरिएको रहेछ’ प्रवक्ता रिसालले भने, ‘त्यहि मुद्धा मिलाउन भन्दै लिएको ४० हजार नगद सहित पक्राउ गरिएको हो ।’ पक्राउ परेका कार्यालय प्रमुख पौलेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् ।
Advertisement 2
पक्राउ परेका पौडेलले गत कात्तिकदेखि निलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । पौडेललाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको देखिदाँ निजलाई बिगो रु. ४०,००० (चालिस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा .(१) र दफा ३ को उपदफा (१) को खण्ड (ख) वमोजिम सजायँ हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
Advertisement 3