थप २३२ कर्मचारीहरुको अन्तर स्थानीय तह सरुवा (नामावलीसहित)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप २३२ कर्मचारीलाई अन्तर स्थानीय तह सरुवा गरेको छ । मन्त्रालयलको अस्ति ६ पुसको निर्णय अनुसार थप कर्मचारी अन्तरस्थानीय तह कामकाजका लागि खटाउने निर्णय गरेको हो । यस अघि मन्त्रालयले एकै पटक १६१३ कर्मचारीहरुको अन्तरस्थानीय तह सरुवा गरेको थियो ।
यस अघि गत वैशाख ८ गतेदेखि २० गतेभित्र अनलाइनबाट निवेदन प्राप्त भएका तीन हजार बढी आवेदनमध्येबाट १६१३ जनाको अन्तर स्थानीय तह सरुवा गरिएको थियो । सोही सूचीलाई काँटछाट गरी १६१३ जनाको सरुवाको सूची सार्वजनिक गरेको मन्त्रालयले पुन २३२ कर्मचारीहरुको अन्तर स्थानीय तह सरुवा गरेको हो ।
Advertisement 1
लोकसेवा आयोगबाट सिफारिसमा स्थानीय तहमा नियुक्त भएका र अन्तर स्थानीय तह खटाउन मन्त्रालयमा वा इमेलमार्फत निवेदन दिएका कर्मचारीहरुको सरुवा गरिएको हो ।
यस अघि सामान्य प्रशासन मन्त्रालयको गत ०७८ मंसिर १९ र २० गतेको निर्णय अनुसार १६१३ कर्मचारीहरुको अन्तरस्थानीय तह सरुवा गरेको थियो । सो समयमा ५७ जनाको हकमा भने मापदण्ड अनुसार कागजात नभएको जनाइएको छ
saruwa nn