समान्य प्रशासनले तयार गर्यो १० बर्षे रणनीतिक योजना,होला त कार्यन्वयन ?
संघीय मामिला तथा सामामान्य प्रशासन मन्त्रालयले १० वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । मन्त्रालयले अघिल्लो साता आफ्नो दश बर्ष रणनीतिक योजना सार्वजनिक गरेको हो । ७४ पृष्ट लामो रणनीतिक योजनामा मन्त्रालयले ४ वटा रणनीतिक स्तम्भ पनि तय गरेको छ । संघीयताको अभ्यासलाई उद्देश्य उन्मुख बनाउन रणनीतिक योजना तयार पारिएको मन्त्रालयले जनाएको छ । आर्थिक, सामाजिक एवम राजनीतिक परिवर्तनको सापेक्षतामा सार्वजनिक प्रशासनलाई लोकतान्त्रिक, नजितामुखी, प्रतिवद्ध, जनमुखी, सदाचारी, क्षमतावान, सुसूचित, उत्प्रेरित, सरल, कुशल एवम प्रविधिमैत्री बनाउन स्पष्ट दीर्घकालीन सोच तय गर्न रणनीतिक योजना तयार पारिएको मन्त्रालयले प्रष्टाएको छ ।
मन्त्रालयले रणनीतिक योजनासँगै कार्यान्वय योजना पनि बनाएको छ ।
Advertisement 1
जसमा कुन क्रियाकलापको जिम्मेवार निकाय, महाशाखा र शाखा, सहयोगी निकाय, महाशाखा र शाखा, समयावधि, कार्यसम्पादन सूचक र जोखिम समेटेर कार्ययोजना बनाएको हो । कार्यान्वयन योजना एक वर्षेदेखि, २ वर्षे, ३ वर्षे, ५ वर्षे, ७ वर्षेसँगै निरन्तर १० वर्षसम्मका पनि छन् ।
रणनीतिक योजना प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संघीय मामिला सतथा सार्वजनिक प्रशासनका सम्पूर्ण निकायबीच प्रवभाकारी समन्वयन कायम गरिने मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले बताए ।रणनीतिक योजना कार्यान्वयनका लागि आवश्यक पर्ने स्रोत तथा वित्त व्यवस्थापन सरकार र विकास साभेदारबाट प्राप्त गर्ने मन्त्रालयले अपेक्षा गरेको छ ।’ उनका अनुसार रणनीतिक योजना कार्यान्वयनको चरण्मा आउनसक्ने समस्या समयमै पहिचान र न्यूनीकरण गर्दै कार्यान्वयनलाई निरन्तरता दिनका लागि आवधिक समीक्षा, मध्यावधि मूल्यांकन र अन्तिम मूल्यांकन गरिने छ । आवधिक समीक्षमा रणनीतिक योजना कार्यान्वयनको निरन्तर अनुगमनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा एक अनुगमन संयन्त्र स्थापना हुनेछ । त्यसै संयन्त्रको सुझावका आधारमा योजनामा उल्लिखित क्रियापलाको वार्षिक रुपमा समीक्षा गरिनेछ । वार्षिक समीक्षा समान्यतथा आर्थिक वर्ष समाप्त भएको २ महिनाभित्र गरिने जनाइएको छ ।
Advertisement 2
सहसचिव एवम योजना तथा विकास सहायता समन्वय महाशाखा प्रमुख विष्णुदत्त गौतमको संयोजकत्वमा गठित कार्यदलले आर्थिक वर्ष आगामी दश बर्षे रणनीतिक योजना तयार पारेको हो ।
रणनीतिक योजनामा संघ, प्रदेश र स्थानीय तहबीच प्रशासनिक अन्तरसम्बन्ध सृदृढ गर्ने, संघ र स्थानीय एवम स्थानीय तहबीच प्रभावकारी अन्तरसम्बन्ध कायम गर्ने, स्थानीय तहको क्षमता विकास तथा संस्थागत सुदृढीकरण गर्ने विषयबस्तु समेटिएका छन् ।
Advertisement 3
१ नम्बरमा सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन समेटिएको छ । जस अन्तरगत स्थानीय तहले हासिल गरेका उपलब्धिलाई एकीकृत राष्ट्रिय उपलब्धिमा समावेश गर्ने, स्थानीय तहको अनुदान विततरणलाई कार्यसम्पादनसँग आवद्ध गर्ने, स्थानीय तहको दिगो र सन्तुलित आर्थिक तथा सामाजिक विकासका लागि समन्वय र सहजीकरण गर्ने रहेको छ ।
२ नम्बरमा सार्वजनिक सेवामा मानव संसाधन व्यवस्थापन समेटिएको छ । जस अन्तरगत संघ, प्रदेश र स्थानीय तहको कार्यजिम्भमेवारी अनुरुप जनशक्ति प्रक्षेपण गरी सार्वजनिक सेवामा प्रतिभावान व्यक्तिको आकर्षण अघिबृद्धि गर्ने रहेको छ ।
यस्तै निजामती कर्मचारीमा पेशागत आचरण र व्यावसायिक दक्षता अघिबृद्धि गर्ने, वृत्तिपथ तथा सेवा सुविधा पूर्वानुमानयोग्य बनार्य निमाजमती कर्मचारीलाई उत्प्रेरित र उच्च मनोबलयुक्त बनाउने, प्रशासन सुधारलार्य संस्थागत गर्न निरन्तर सुधारलाई कार्य संस्कृतिको रुपमा विकास गर्ने, सार्वजनिक सेवालाई प्रभावकारी बनाउन प्राज्ञिक निकाय तथा विज्ञसँगको सहकार्यमा अध्ययन अनुसन्धान गर्ने रहेको छ ।
३ नम्बरमा स्थानीय पूर्वाधार विकासमा सहजीकरण समेटिएको छ । जस अन्तरगत दिगो स्थानीय पूर्वाधार विकासका लागि नीति, कानून तथा मापदण्ड तर्जुमा र कार्यान्वयनमा सहजीकरण गर्ने, सबै स्थानीय तहमा न्यूनतम आधाभूत पूर्वाधार विकासका लागि समन्वय र सहजीकरण गर्ने रहेको छ ।
यस्तै स्थानीय पूर्वाधार विकासमा सहलगानी तथा सार्वजनिक निजी साझेदारी प्रवद्र्धन गर्ने, स्थानीय पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास सहायतालाई एकीकृत रुपमा परिचालन गर्ने, विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलनलाई मुलप्रवाहीकरण गर्ने भनिएको छ ।
अन्तिम ४ नम्बरमा सेवा प्रभाह र सुशासन समेटिएको छ । जस अन्तरगत सार्वजनिक सरल, सहज र सुलभ पहुँच सुनिश्चत गर्ने, संघ, प्रदेश र स्थानीय तहबाट प्रवाह गरिने सार्वजनिक सेवामा सुणस्तरीयता कायम गर्न आवश्यक नीति, कानून तथा मापदण्ड तयार गरी लागू गर्ने रहेको छ । यस्तै प्रशासकीयक सुशासन कायम गर्ने अवश्यक औचारको विकास गरी कार्यान्वयन गर्ने र सार्वजनिक प्रशासनलाई पारदर्शी, सदाचारयुक्त र जनउत्तरदायी बनाउने रहेको छ ।
बिस्तृतमा अध्ययन गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला
https://www.mofaga.gov.np/news-notice/2373