२७ महिनादेखि अधिकृत सम्पर्कबिहिन,सफाइ पेश गर्न ३० दिनको समय

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले  मन्त्रालयका अधिकृतसँग स्पष्टिकरण माग गरेको छ । २७ महिनादेखि सम्पर्कबिहिन भएका अधिकृतलाई मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै तीस दिनभित्र जबाफ पेश गर्न भनेको छ ।
मन्त्रालयले आज एक सूचना प्रकाशन गर्दै अधिकृत भीम चौलागाँइसँग  स्पष्टिकरण माग गरेको हो ।

Advertisement 1

सूचनामा भनिएको छ ‘निजामती सेवा ऐनको दफा ६१(१) (छ) को कसुरमा सोही ऐनको दफा ५९को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने सजाय गर्नु नपर्ने उचित यथार्थ र पर्याप्त कारण केही भए यो सूचना प्रकाशित भएको मितिले ३०(तीस)दिन भित्र यस मन्त्रालयमा आफ्नो सफाइ पेश गर्नुहोला ।

अन्यथा नियमानुसार हुने भनी यस मन्त्रालय, (सचिवस्तर) को मिति २०७८/०८/०२को निर्णयानुसार निजामती सेवा ऐन, २०४९को दफा ६६को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’

Advertisement 2

प्रकाशित :२०७८ मंसिर ६, सोमबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry