सुध्रिएन मालपोतः कर तिर्न हप्तौँ लगाएर कार्यालय धाउन पर्ने

जुम्लाका दुर्गम बस्तीका नागरिक कर तिर्नकै लागि हप्तौँ लगाएर मालपोत कार्यालय धाउन बाध्य छन्।

Advertisement 1

मालपोत कार्यालयमा दैनिक ४०–५० जना सेवाग्राहीको भिड लाग्ने गरेको छ। तर, दिनमा मुस्किलले पाँचजनाले मात्र सेवा पाउँछन्। सरकारले ०७६ कात्तिक १७ गते मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको मालपोत कार्यालय जुम्लाका प्रमुख नरेन्द्र रोकायले बताए।

जिल्लामा दक्ष जनशक्ति अभाव र कम्प्युटर अपरेटर नहुँदा यस्तो समस्या देखिएको रोकायले बताए। उनका अनुसार कार्यालयमा ६ कम्प्युटर अपरेटर आवश्यक रहे पनि एकजना मात्र करारमा कार्यरत छन्।

Advertisement 2

जनशक्ति अभाव

विभागले मालपोतका सबै कामकाज अनलाइन प्रणालीबाट सुरु गरे पनि दक्ष जनशक्ति अभाव छ । कम्प्युटर अपरेटर अभाव भएकाले पनि यस्तो समस्या देखिएको प्रमुख रोकायाको दाबी छ । उनले भने, ‘दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भीड लाग्छ । कम्प्युटर अपरेटर करारमा एक जना मात्रै छन् ।
कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा र टोकन प्रणालीबाट सेवा दिने गरेका छौँ ।’ मालपोत अपायक ठाउँमा भएकाले पनि सवारी साधन हुनेका लागि सजिलै छ भने सर्वसाधारणका निम्ति गाह्रो पर्ने गरेको छ ।

प्रकाशित :२०७८ भाद्र ३१, बिहीबार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम