परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन्।

Advertisement 1

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा परराष्ट्रमन्त्री खनालले राजदूत दलेलालाई नेपालका लागि भारतको राजदूत नियुक्त भएकोमा बधाई दिँदै उहाँको सफल र फलदायी कार्यकालको शुभकामना व्यक्त गरे।

भेटका अवसरमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो। साथै, दुवै देशबीच रहिआएको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको थियो।

Advertisement 2

प्रकाशित :२०८३ कार्तिक ३० गते, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]