८८ कर्मचारीको सरुवा: ४८ प्रमुख प्रशासकीय अधिकृत हेरफेर(सुचि सहित)

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका गरी ८८ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
Advertisement 1
मन्त्रालयको भदौ २६ गतेको निर्णयअनुसार राजपत्राङ्कित द्वितीय श्रेणीका २६ र तृतीय श्रेणीका ६२ कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो।
द्वितीय श्रेणीका २६ जनामध्ये १६ जना प्रमुख प्रशासकीय अधिकृत छन्। त्यसबाहेक उपसचिव तथा सोसरहका कर्मचारी, एक निर्देशक र जिल्ला समन्वय अधिकारीसमेतको सरुवा तथा पदस्थापन गरिएको छ।
Advertisement 2
त्यस्तै, राजपत्राङ्कित तृतीय श्रेणीका ६२ कर्मचारीमध्ये ३२ जना प्रमुख प्रशासकीय अधिकृत रहेका छन्। बाँकीमा १७ शाखा अधिकृत, ४ अध्यागमन अधिकृत, ३ प्रशासकीय अधिकृत, २ जिल्ला निर्वाचन अधिकारी, २ हुलाक अधिकृत, १ मालपोत अधिकृत र १ जेलर छन्।
मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, विभाग, जिल्ला प्रशासन कार्यालय, अन्य सरकारी कार्यालय तथा स्थानीय तहमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरेको हो।
Advertisement 3
यससँगै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न निकायमा कार्यरत कर्मचारीको नयाँ जिम्मेवारी तथा पदस्थापन कार्यान्वयनमा आउनेछ।
सूची :








