१३ मन्त्रालय र ३३२ निकायका ९ हजार ६०७ पद दर्ता सम्पन्न

काठमाडौं। सरकारले निजामती सेवातर्फ १३ वटा मन्त्रालय र ३३२ वटा निकायका ९ हजार ६०७ पदको पद्दति सम्पन्न गरेको छ। राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको विवरणअनुसार २०८३ साउन २८ गतेसम्म उक्त संख्यामा दर्ता सम्पन्न भएको हो।

Advertisement 1

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय किताबखाना (निजामती), हरिहरभवन ललितपुरले निजामतीतर्फको दर्ता सम्पन्न विवरण सार्वजनिक गरेको हो।

विवरणअनुसार १३ मन्त्रालय र तीअन्तर्गतका ३३२ निकाय समेटिएका छन्। ती मन्त्रालय तथा निकायअन्तर्गत गरी ९ हजार ६०७ पदको पद्दति सम्पन्न भएको राष्ट्रिय किताबखानाले जनाएको छ।

Advertisement 2

निजामती सेवामा स्वीकृत दरबन्दी, पदको विवरण तथा संगठन संरचनालाई व्यवस्थित र अद्यावधिक गर्ने क्रममा दर्ता सम्पन्न गरिएको हो। यसले विभिन्न सरकारी निकायमा कायम रहेका पद तथा दरबन्दीको अभिलेखलाई व्यवस्थित गर्न सहयोग पुग्नेछ।

राष्ट्रिय किताबखानाले निजामती सेवाका कर्मचारीको व्यक्तिगत विवरण, सेवा अभिलेख तथा दरबन्दीसँग सम्बन्धित विवरण व्यवस्थित गर्दै आएको छ। मन्त्रालय तथा निकायहरूको पद संरचना अद्यावधिक हुँदा कर्मचारी व्यवस्थापन, सरुवा, बढुवा तथा अन्य प्रशासनिक कार्यमा समेत सहजता हुने अपेक्षा गरिएको छ।

Advertisement 3

सार्वजनिक गरिएको विवरणले पछिल्लो समय निजामती सेवाको संगठन संरचना तथा दरबन्दी व्यवस्थापनलाई थप व्यवस्थित बनाउने काम अघि बढिरहेको देखाएको छ।

राष्ट्रिय किताबखानाले सार्वजनिक गरेको सूचनामा कार्यालयको सम्पर्क नम्बर ०१–५०१०१३८, वेबसाइट pis.gov.np तथा इमेल [email protected] समेत उल्लेख गरिएको छ।

प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १०:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry