समाजवादीको मन्त्रालयमा काँग्रेसको ताँती
मन्त्री माधव नेपालका, मान्छेजति काँग्रेस र केपी ओलीतिर। यस्तो गाइजात्रा खोज्न सिंहदरबारतिर छिरे हुन्छ । समाजवादीबाट भौतिक पूर्वाधार मन्त्री बनेका प्रकाश ज्वालाको मन्त्रालयमा हो यो दृश्य देखिने ।
पूर्व मुख्य सचिव शंकरदास वैरागी,सचिव कृष्णहरि पुष्करका खास मानिएका ललिजन खनाल पोखराबाट सडक विभागमा पुगेका छन्,उनलाई सडक विभागमा उपमहानिर्देशकको जिम्मेवारीमा आइपुगेका छन् । मन्त्री ज्वालाको सचिवालयसँग सेटिङ मिलाएर उनी सडक विभागमा आइपुगेका हुन ।
Advertisement 1
यता पछिल्लो सरुवामा समेत काँग्रेस निकटकै कर्मचारीहरुले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । मन्त्रालयले सहसचिव तहका ९ जना सुपरिटेन्डेन्ट इन्जिनियर र ६१ जना उपसचिव तहका सीडीईको खटन पटन गर्दा कसैको माथैमाथ कसैको पुर्पुरोमा हात बनाइएको हो ।
उक्त सरुवा हुँदा कोही पावरफुल कर्मचारी एक महिनामै सरुवामा परेका छन् त कोही चार महिनामै सरुवामा परेका छन् । शक्तिकेन्द्रसँग नजिक भएका कर्मचारीहरु ठूला आयोजनाबाट ठुलै आयोजनातिर पुगेका छन् ।
समाजवादीको यो मन्त्रालयमा काँग्रेस निकटका कर्मचारीहरुले विशेष लाभ उठाउन सफल भएका छन् । पूर्व अध्यक्ष सुवोध देवकोटा ठूला आयोजनाबाट आयोजनातिरै पुगेका छन् । उनी अधिकांश ठूला आयोजनामा बसेर लाभ उठाउने कर्मचारीका रुपमा चिनिन्छन् ।
Advertisement 2
मन्त्रालय निकट स्रोतका अनुसार काँग्रसी निकट कर्मचारी युनियनका नेता सुबोधकुमार देवकोटा मदन भण्डारी दमकबाट सडक डिभिजन नुवाकोटमा पुगेका छन् । उनी सदैव सडकका मालदार कार्यालयमा बसेर तर मार्दै आएका कर्मचारीभित्र पर्दछन् । उनलाई दमकबाट नुवाकोटमा पठाइँदा मुड्खु तिनपिप्ले रानीपौवा पिपलटार सडकको थप योजनाको जिम्मेवारी दिइएर खटाइएको छ ।
यस्तै भौतिक मन्त्रालयका कर्मचारी युनियनका विभागीय कार्यसमिति अध्यक्ष खुमबहादुर भण्डारीलाई सुर्खेत सडक डिभिजनको निमित्त प्रमुख, युनियनका नेता नेत्रप्रसाद देबकोटालाई शहिदमार्ग रोल्पाको निमित्त प्रमुख बनाइएको छ । जबकि निजामती सेवा ऐन अनुसार कार्यसमिति अध्यक्ष कार्यालय प्रमुख हुन मिल्दैन ।
Advertisement 3
अनुकूल तथा लाभ लिएर कर्मचारीहरुको सरुवा भएको भन्दै कतिपय त्यहाँकै कर्मचारीहरुले असन्तृष्टि पोखेका छन् । सिनियर कर्मचारीहरुलाई वाइपास गरेर जुनियर कर्मचारीलाई निमित्त दिएर पठाइएको र त्यसमा आर्थिक चलखेल भएको भौतिकका कतिपय कर्मचारीहरुको आरोप छ ।
इन्जिनियरहरु लक्ष्मण रावल, वीरेन्द्र चन्द, लक्ष्मण जोशी, आशुतोष कर्ण, पुजन गिरी लगायतलाई सिनियर उपसचिव हुँदाहुँदै निमित्त योजना प्रमुख दिइएको छ ।
यस्तै मदन भण्डारी आयोजनाबाट चार महिना नपुग्दै माधबप्रसाद अधिकारीलाई झिकेर हुलाकी निर्देशनालयमा सरुवा गरिएको छ । बाबुराम सापकोटा काठमाडौ चक्रपथबाट पाल्पा सडक डिभिजन, रामकुमार देब संघीय सड़क सुपरीबेक्षण तथा अनुगमन कार्यालयबाट सडक डिभिजन धनकुटा, दीपेन्द्र पाण्डेय बीरगंज–पथलैया सडक योजनाबाट सडक डिभिजन चपुर, होमबहादुर एसी बुटवल डिभिजनबाट मध्यपहाडी पाँचथर, बलीराज मल्ल सडक बिभागबाट हुलाकी राजमार्ग इटहरीमा सरुवा भएका छन् ।