भाषिक शुद्धता कायम गर्ने सामान्यको परिपत्रमै ३० शव्दमा १० त्रुटि भेटिएपछि !
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत शुक्रवार आफ्ना शाखाहरुलाई एउटा परिपत्र गर्यो ।
मन्त्रालयको उपसचिव सुशीला अर्यालद्धारा जारी गरिएको परिपत्रथ्यो भाषिक शुद्धता कायम गर्न सम्बन्धमा ।
मन्त्रालयको पत्राचार वा अन्य मन्त्रालय वा निकायका लागि सिकाइको बिषय समेत हुने भएका कारण शाखाबाट हुने महत्वपूर्ण निर्णय एवं परिपत्र मन्त्रालयको वेब साइडमा राख्न यस शाखामा पत्राचार गर्दा भाषिक शुद्धतामा विशेष ध्यान दिन आदेश अनुसार अनुरोध छ पत्रमा भनिएको थियो ।
तर भाषिक शुद्धता लेख्न वा शुद्ध वर्णविन्यास लेख्न सिकाउने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रमा ३० वटा उदाहरणसहित प्रस्तुत एक पन्ने पत्रमा झण्डै एक दर्जन गल्ती भेटिएपछि अहिले सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।
जहाँ महत्त्वपूर्ण, गर्नुहुनसमेत, दोहोरिइरहने,उदाहरणका :- लागि,त्रुटि,एकाइ,व्यावहारिक,मन्त्रिपरिषद्, बाँडफाँड, काठमाडौं नै अशुद्ध लेखिएको भन्दै भाषाका जानकारहरुले आलोचना गरिरहेको छ । अरूलाई भाषिक शुद्धता अपनाउन उर्दी जारी गर्ने निकायले पहिले आफैँले शुद्धतामा ध्यान दिनु आवश्यक छ कि छैन ? भन्दै अहिले प्रश्न उठ्न थालेको छ ।