यी हुन स्थानीय तह निर्वाचनका लागि तोकिएका ६७६ निर्वाचन अधिकृत (सूचीसहित)

 

Advertisement 1

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन अधिकृतहरु तोकेको छ । आयोगले जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ भने ७५३ स्थानीय तहका उपसचिव तहका कर्मचारीहरुलाई निर्वाचन अधिकृत तोकेको हो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो । आयोगले जिल्ला न्यायाधीशहरूलाई ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत बनाइएको छ। पालिकाहरुमा भने निर्वाचन अधिकृत तोकिएका छन् । आयोगले ७७ वटै जिल्लामा न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

Advertisement 2

 

खटाइएका ठाउँ जानुअघि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई अभिमुखीकरण दिइनेछ। उनीहरूलाई निर्वाचन व्यवस्थापनसम्बन्धी अभिमुखीकरण गरिने र उक्त कार्यक्रममै नियुक्ति पत्र दिइने आयोगले जनाएको छ।

Advertisement 3

elecation off

 

 

प्रकाशित :२०७८ चैत्र १३, आईतवार १३:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry