२१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिवको सरुवा

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ जना उपसचिव तथा सोसरहका कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

Advertisement 1

मन्त्रालयले असोज ५ गतेको निर्णयअनुसार संघीय मन्त्रालय, स्थानीय तह, जिल्ला समन्वय समिति तथा अन्य सरकारी निकायमा कार्यरत कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो।

निर्णयअनुसार २१ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। बाँकी उपसचिव तथा सोसरहका कर्मचारीलाई आवश्यकता र पदअनुसार विभिन्न सरकारी निकायमा सरुवा तथा कामकाजमा खटाइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित :२०८३ आश्विन ५, सोमबार २०:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry