८३ उपसचिव र २५३ शाखा अधिकृतसहित ३३६ कर्मचारीको सरुवा (सुचि सहित)

काठमाडौं। न्याय सेवा आयोगले न्याय सेवातर्फका ३३६ अधिकृत कर्मचारीको सरुवा गरेको छ। आयोगले राजपत्राङ्कित द्वितीय श्रेणीका ८३ उपसचिव वा सोसरह तथा राजपत्राङ्कित तृतीय श्रेणीका २५३ अधिकृतको सरुवा गरेको हो।
Advertisement 1
आयोगको निर्णयअनुसार सरुवा भएका अधिकृतहरूलाई न्याय सेवाअन्तर्गतका विभिन्न निकाय तथा अदालतमा जिम्मेवारी तोकिएको छ। उनीहरूलाई जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मका विभिन्न पद तथा कार्यालयमा सरुवा तथा पदस्थापन गरिएको छ।
न्याय सेवामा कार्यरत अधिकृतहरूको जिम्मेवारी, कार्यक्षेत्र र पदस्थापनमा गरिएको यो फेरबदलसँगै विभिन्न अदालत तथा न्यायिक निकायमा नयाँ अधिकारीहरू पुग्ने भएका छन्।
Advertisement 2
आयोगले सेवा समूह र पदअनुसार अधिकृतहरूको सरुवा गरेको जनाएको छ। सरुवा सूचीमा उपसचिव वा सोसरहका अधिकारीदेखि शाखा अधिकृत तथा सोसरहका अधिकृतसम्म रहेका छन्।
हेर्नुहोस् सूची:








