३६ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ अधिकृतको सरुवा

काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३६ जना प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ।

Advertisement 1

मन्त्रालयले मंगलबार, भदौ ३० गते गरेको निर्णयअनुसार संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

निर्णयअनुसार विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत तथा अन्य निकायमा रहेका अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवासँगै केही अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाइएको छ।

Advertisement 2

मन्त्रालयले प्रशासनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा स्थानीय तहमा आवश्यकताअनुसार कर्मचारी व्यवस्थापन गर्ने क्रममा सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको जनाएको छ।

सरुवा भएका ५२ जना अधिकृतमध्ये ३६ जना प्रमुख प्रशासकीय अधिकृत छन्। बाँकी अधिकृतहरूलाई विभिन्न मन्त्रालय, प्रदेश तथा अन्य निकायमा जिम्मेवारी तोकिएको छ।

Advertisement 3

 

प्रकाशित :२०८३ भाद्र ३१, बुधबार १०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry