भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा सुरु गरिएको मेची (महाकाली साइकल यात्रा लुम्बिनीमा)

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी। भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको स्मृतिमा साइकलिस्ट रवीन्द्र महर्जनले सुरु गर्नुभएको मेची (महाकाली साइकल यात्रा लुम्बिनी प्रदेश पुगेको छ । वि.सं. २०८३ भदौ १० गते रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा अप्रत्याशित रूपमा आएको भोटेकोशीको बाढीमा परी ज्यान गुमाउनुभएका दिवङ्गत आत्माहरूको स्मृतिमा यो यात्रा आयोजना गरिएको हो ।

Advertisement 1

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं। ६, सिद्धिपुर निवासी महर्जनले साइकल यात्रामार्फत देशका प्रमुख पर्यटकीय स्थलहरूको प्रचार(प्रसार गर्दै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

साइकल यात्री महर्जनलाई स्वागत गर्दै साइकलिस्ट एवं पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगरप्रमुख धीरज शर्मा बस्यालले प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको स्मृतिमा शोकलाई शक्तिमा बदल्दै यसरी मेची(महाकाली यात्रामा निस्कनु अत्यन्त प्रशंसनीय कार्य भएको बताउनुभयो ।

Advertisement 2

शनिबार लुम्बिनी प्रदेशको कपिलवस्तु पुग्नुभएका साइकल यात्री महर्जनले यस यात्राले पर्यावरण संरक्षण, स्वास्थ्य सचेतना र सामाजिक रूपान्तरणमा सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

वि।सं। २०८३ साल कात्तिक ९ गते झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित मेची पुलबाट सुरु गरिएको यो यात्रा आगामी कात्तिक १७ गते महाकाली पुगेर साइकल यात्राको समापन गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित :२०८३ कार्तिक १५ गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]