अख्तियारद्धारा एक करोड ३ लाख भ्रष्टाचार गरेको आरोपमा असई विरुद्ध मुद्दा दायर

नेपाल प्रहरीको मुख्यालयमा नै सञ्चालित पेट्रोल पम्पमा अनियमितता पाइएको छ ।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार भएको आरोपमा एक असई विरुद्ध एक करोड ३ लाख रुपैंयाको भ्रष्टाचार मुद्दा समेत दायर गरेको छ । अख्तियारको अनुसार असई दिलीप कार्कीले प्रहरी पेट्रोल पम्पमा उक्त रकम हिनामिना गरेका हुन् । प्रहरीको कल्याणकारी कोषले उक्त पेट्रोल पम्प सञ्चालन गरेको हो। प्रहरी कल्याण कोषले नक्सालमा सञ्चालन गरेको पेट्रोल पम्पमा कार्यरत असई दिलिप कार्कीविरूद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।सार्वजनिक सम्पत्ति हानीनोक्सानी गरेको भन्दै अख्तियारले एक करोड तीन लाख ९७ हजार ९ सय ३७ रुपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।

असई कार्कीले पेट्रोल पम्पमा रकम हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो। उनकाअनुसार प्रमाणसहित पुष्टि भएपछि उनीविरूद्ध आरोप पत्र दायर भएको हो। उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को खण्ड (झ) बमोजिमको सजायको समेत माग गरिएको छ।

प्रकाशित :२०७८ श्रावण ३१, आईतवार १९:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry