किसानसँग घूस माग्ने समातिए

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजान स्याउ जोन डोल्पाका कार्यालय प्रमुख हसमुल्ला खाँ २५ हजार रुपैयाँ अतिरिक्त रकम (घुस) सहित पक्राउ परेका छन्।

Advertisement 1

दाँते ओखरको विरुवा उत्पादन गरे वापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस मागेको भन्दै परेको उजूरीको आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो। परियोजना कार्यान्वयन इकाइ स्याउ जोन डोल्पाका कार्यालय प्रमुख खाँले दाँते ओखरको बिरुवा उत्पादन गरेवापत कृषकलाई दिनुपर्ने अनुदान रकम भुक्तानी गर्नको लागि घुस लिएको अख्तियारको भनाइ छ।

घुससहित पक्राउ परेका खाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद रिसालले जानकारी दिए।

प्रकाशित :२०७८ बैशाख १४, मंगलवार २१:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम