१६ उपसचिवको सरुवा : तीन जना गृहमा ‘इन्ट्री’,एक अर्थबाट ‘आउट’
Advertisement 1
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले एकै पटक १६ उपसचिवको सरुवा गरेको छ । १६ उपसचिवको सरुवा हुँदा तीन जना सामान्य प्रशासनबाट गृहमा ल्याइएका छन् एक उपसचिवलाई अर्थबाट जिल्ला समन्वय समितितिर खटाइएको छ ।
यसरी सरुवा गरिँदा तीन जना उपसचिवले अन्य मन्त्रालयको तुलनामा प्रभावशाली मानिने गृह मन्त्रालय वा मातहत प्रवेशको मौका पाएका छन् । उनीहरु हुन
सुरेश सुनार,भीम भट्टराई र अनुप न्यौपाने रहेका छन् ।
Advertisement 2
सुनार गुलरिया नगरपालिकाबाट, भीम भट्टराई र अनुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा प्रवेश भएका हुन ।
Advertisement 3
यस्तै अर्थ मन्त्रालयमा रहेका इन्द्रदेव पाण्डे जिसस मुस्ताङतिर पठाइएका छन् । अर्थमा सामान्य प्रशासनबाट हिरा गोपाल महर्जनलाई लगिएको छ ।
यस्तै सामान्य प्रशासनका झनक कुमार खत्री रक्षा मन्त्रालयमा पठाइँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भुवन पाण्डे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएका छन् ।
यस्तै चौरजहारी नगरपालिका रुकुम (पश्चिम)बाट तानेर गोकुल ढुङ्गेललाई सामान्यकै अत्तिरिक्तमा थन्काइएका छन् । यस्तै सामान्यबाट पोषणराज भण्डारीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय बुटवलतिर खटाइएको छ ।
यस्तै निजगढ नगरपालिका बाराबाट सुमन धिताललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ल्याइँदा अख्तियारबाट निरोज दाहाल शहरी विकास मन्त्रालयतिर पुगेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उमाकान्त अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जितेन्द्र प्रसाद शर्मालाई खानेपानी मन्त्रालयतिर पुगेका छन् ।
यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका थानेश्वर भूसालााई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौडामा खटाइएको छ ।
राष्ट्रिय सूचना आयोगका कपिल प्रसाद उपाध्याय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ । मनिष कुमार सिंह राष्ट्रिय किताबखानातिर पुगेका छन् ।