शाखा अधिकृतको परीक्षामा ‘अभूतपूर्व’ उपस्थिति

लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा ८९ प्रतिशत परीक्षार्थी सहभागी भएका छन् । आयोगले खुला तथा समावेशी कोटामा २७३ जना अधिकृतका लागि विज्ञापन खुलाएको थियो जहाँ २३ हजार ७११ जनामध्ये प्रारभ्भिक चरणको परीक्षामा २१ हजार २७ जना परीक्षार्थी सहभागी भएको आयोगले जनाएको छ ।
Advertisement 1
आयोगका अनुसार आयोगमा दरखास्त दिएका २३ हजार ७ सय ४२ जनामध्ये ८८ दशमलव ६८ प्रतिशत अर्थात् २१ हजार २७ जना परीक्षामा सहभागी भएका थिए। जसमा १४ हजार ६ सय ७५ पुरुष र बाँकी ६ हजार ३ सय ३२ जना महिला रहेको आयोगले जनाएको छ । आयोगले यस्लाई इतिहासकै अभूतपूर्व उपस्थिति भनेको छ ।
आयोगका १४ वटा कार्यालयबाट शाखा अधिकृतको परीक्षा सञ्चालन गरेकोमा काठमाडौंबाट १० हजार ८ सय ३४ जना परीक्षार्थी सहभागी हुँदा धनकुटाबाट १७ सय ४४ जना, जलेश्वरमा १७ सय १८ जना, बुटवलमा १७ सय ३२ र सुर्खेतमा १५ सय ६८ जना सहभागी भएका थिए।