मेयरमा लडेर जमानत जोगाउन नसकेका कञ्चनराज गिरी फेरि अधिकृतमा जागिर खाँदै

अधिकृत पदबाट राजीनामा दिएर बनेपा नगरपालिकाबाट मेयरमा उम्मेदवारी दिएका कञ्चनराज गिरीलाई जमानत जोगाउन सकेनन् । पुतली चिन्ह लिएर स्वतन्त्र रुपमा मेयर पदको उम्मेदवार बनेका गिरीले १४८ मतमा चित्त बुझाउनु परेको छ । अन्तिम मत परिणाम अनुसार त्यहाँबाट मेयरका नेपाली काँग्रेसका शान्ति रत्‍न शाक्यले १३ हजार ७९३ मत ल्याएर बिजयी बन्दा एमालेबाट मेयरका उम्मेद्धार बनेका रत्‍न कुश रंजितकारले ११ हजार ८३५ मत ल्याएर दोश्रो स्थान बनाए । यस्तै तेश्रो पोजिसनमा राप्रपाका तर्फबाट मेयरका उम्मेद्धार बनेका रेमण्ड कर्मचार्यले ८७६ मत ल्याउँदा स्वतन्त्र उम्मेद्धारका रुपमा चुनावी मैदानमा उत्रिएका गिरीले हालसम्म १४८ मत पाएका छन् । वनेपा नगरपालिकाबाट मेयर लड्नका लागि सरकारी जागिर छाडेका गिरीले भने जमानत समेत बचाउन नसक्ने स्थितीको नजिक पुगेका छन् ।

Advertisement 1

कञ्चनराज गिरी तिनै पात्र हुन,जस्ले २१ पटकसम्म लोकसेवा भिडेर असफलता झेलेका र २२ औं पटकमा अधिकृतमा नाम निकाल्न सफल भएका व्यक्ति हुन । उनले स्थायी नियुक्ती पाएको ५ महिना पूरा नहुँदै सरकारी जागिरबाट राजीनामा ठोकेका थिए । गत कार्तिक ३० गते नियुक्ती पत्र बुझेर मंसिर १ गतेदेखि अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका गिरीले चैत्र २४ गते पदबाट राजीनामा दिएर चुनावी मैदानमा होमिएका थिए । कालीगण्डकी ए जलविद्युत आयोजनामा प्रशासन प्रमुखको रूपमा कार्यरत रहेका गिरीले सरकारी जागिर खाएको ४ महिना २४ दिनमै राजीनामा दिएर उनले बनेपा नगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेद्धारी दिएका थिए ।

Advertisement 2

स्थायी नियुक्ति लिनु अघि गिरीले झण्डै सात बर्ष निजामती निजामती कर्मचारी अस्पतालको प्रशासन सहायकका रुपमा काम गरे । प्रशासनको साघुँरो घेरा तोडेर राजनीतिको घेरा अलि फराकिला र ठूलो घेरामा काम गरौं भन्ने उदेश्यले आफूले राजीनामा दिएको बताउने गिरी ९ वर्षको मिहेनतले २२ औं प्रयासमा अधिकृत बनेँका थिए । लोकसेवामाझैं राजनीतिमा पनि उनको पहिलो परीक्षामा असफलता हात पारे । अनुमान गरिएको थियो अब उनीसँग न त सरकारी जागिर रह्यो न त मेयर नै बने तर अनुमान विपरित गिरीले अहिले फेरि नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको अधिकृतमा नाम निकालेका छन्।अब उनी फेरि सरकारी जागिर खान जाँदै छन्।

प्रकाशित :२०७९ जेष्ठ ५, बिहीबार ०९:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry